default_image

2 years ago

October 20, 2022

ज्ञानेन्द्रको लगातार तेस्रो खेलमा राम्रो ब्याटिङ

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो उच्च लयतालाई निरन्तरता दिएपनि बागमती प्रदेश छनोटमा काठमाडौं अन्तिम खेलमा ललितपुरसँग १८ रनले पराजित हुँदै बाहिरिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । ललितपुरका ओपनर आशुतोष घोईरोइयाले १ सय १५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । विवेक रानामगर ५९ बलमा २ चौका र ३ छक्कासहित ५९ रनमा आउट भए ।

काठमाडौंका दीपक महतोले तीन र प्रतिश जि.सीले दुई विकेट लिए । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं ३८.३ ओभरमा १ सय ६३ रनमा अल आउट भयो ।

काठमाडौंको लागि ज्ञानेन्द्र मल्लले ७१ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ज्ञानेन्द्रले यसअघि भक्तपुरविरुद्ध १ सय १३ र नुवाकोटविरुद्ध ५४ रन बनाएका थिए ।

ललितपुरको लागि हरिहोम ८ ओभरमा ३ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले ७.३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

समूह ए मा ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट थिए । समूह बी मा चितवन, मकवानपुर र त्रिभुवन युनिभर्सिटी थिए । शीर्ष दुई टोली फाइनलमा पुगेका छन् । शुक्रबार फाइनलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.