default_image

2 years ago

October 19, 2022

कार्तिक टि२० विश्वपमा ह्याट्रिक लिने पहिलो एसोसियट बलर

203 views

0 Bookmark

एजेन्सी – युएईका युवा स्पिनर कार्तिक मयाप्पन आइसिसी टि२० विश्वकपमा ह्याट्रिक गर्ने विश्वका पाँचौं र एसोसियट क्रिकेटका पहिलो बलर बनेका छन् ।

कार्तिकले मंगलबार श्रीलंकाविरुद्ध ह्याट्रिक गर्दै इतिहास रचेका हुन् । यसअघि टि२० विश्वकपमा अष्ट्रेलियाका तीव्र बलर ब्रेट ली टि२० मा ह्याट्रिक लिने पहिलो खेलाडी थिए । ब्रेट लीले २००७ को टि२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक लिदै इतिहास रचेका थिए ।

गतवर्ष टि२० विश्वकपमा मात्र तीन ह्याट्रिक बनेका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले इंग्ल्यान्ड, आयरल्यान्डका कर्टिस क्याम्फरले नेदरल्यान्ड्स तथा श्रीलंकाका वानिन्दु हसरंगाले दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक लिँदै सनसनी मच्चाएका थिए ।

हालसम्म टि२० आई क्रिकेटमा ३९ ह्याट्रिक भएका छन् । जसमा सर्वाधिक धेरै श्रीलंकाको तर्फबाट पाँच पटक ह्याट्रिक छन् । श्रीलंकाका थिसेरा परेरा, लासिथ मलिंगाले दुई, अकिला धनन्जय र वानिन्दु हसरंगाले ह्याट्रिक लिएका छन् ।

भारतको चेन्नईमा जन्मिएर युएईबाट क्रिकेट खेलेका कार्तिक टि२० विश्वकपमा ह्याट्रिक गर्ने पहिलो एसोसियट क्रिकेटरको कीर्तिमान बनाउन सफल भएका छन् ।

युएई ७९ रनले पराजित भएको थियो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ७३ रनमा अल आउट भएको थियो। त्यसअघि भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

कार्तिकले १५ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । कार्तिकले १५ औं ओभरको चौथो बलमा भानुका राजपक्षे ठूलो सट खेलेपनि डिप कभरमा कासिफ दाउदबाट पाँच रनमा क्याच आउट भए ।

पाँचौं बलमा चरिथ असलंका कट विहाइन्ड हुँदै विकेटकिपर वृत्य अरविन्दबाट क्याच भए । छैटौं तथा अन्तिम बलमा कप्तान दासुन शनकालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे । कार्तिक मयाप्पनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रीलंकाका ओपनर पाथुम नसिंकाले ६० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनमा आउट भए ।

श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले अन्तिम खेलमा बिहीबार नेदरल्यान्ड्सँग खेल्नेछ । उक्त खेलमा विशाल जित हात पार्नुपर्छ । तर जितले मात्र पुग्दैन । नामिबियाले युएईसँग हार्नुपर्छ ।

युएई सुपर १२ मा पुग्न श्रीलंकाले नेदरल्यान्ड्ससँग लज्जास्पद हार्नुपर्छ । अन्तिम खेलमा युएईले नामिबियामाथि विशाल जित हात पार्नुपर्छ । यो अवस्थामा युएई, श्रीलंका र नामिबियाको २-२ अंक हुनेछ । नेटरनरेटको आधारमा युएई सुपर १२ मा पुग्न सक्ने झिनो अंक गणीतिय सम्भावना रहन्छ ।

आज विश्वकपमा पहिलो खेलमा वेस्टइन्डिज र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्कटल्यान्ड र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा स्कटल्यान्डसँग हारेको वेस्टइन्डिज पराजित हुँदा पहिलो चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.