default_image

2 years ago

October 19, 2022

जसले क्रिकेटमा दुई स्वर्ण जिते

253 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट खेलमा महिला र पुरुष दुवैतर्फ मन्जित श्रेष्ठ स्वर्ण विजेता टोलीको सदस्य भए । नवौं राष्ट्रिय खेलकुदको नियम हेर्ने हो भने एकै खेलाडी दुई खेलमा सहभागी हुन पाइन्न ।

प्राविधिक समितिका अनुसार एकै व्यक्तिले खेलाडी र प्रशिक्षकका रुपमा पनि सहभागी हुन पाइदैन । तर नेपाल पुलिस क्लबका मन्जित श्रेष्ठले पुरुष क्रिकेटतर्फ कप्तान बन्दै स्वर्ण जिते । महिला क्रिकेटमा भने उनी मुख्य प्रशिक्षकको भूमिकामा स्वर्ण विजेता टोलीको सदस्य बने ।

एकै प्रतियोगितामा प्रशिक्षक र खेलाडी दुवै भूमिकामा स्वर्ण विजेता टोलीको सदस्य बनेको राष्ट्रिय खेलकुदमा यो सम्भवत पहिलो पटक हो ।

महिलातर्फ पुलिसले मंगलबार फाइनलमा नेपाल एपिएफ क्लबलाई पाँच रनले हराउँदै स्वर्ण जित्यो । डेब्यू प्रतियोगितामै स्वर्ण जित्दा मञ्जितले आफ्नो करिअरमै पहिलो पटक प्रशिक्षकको रुपमा काम गरेका थिए ।

त्यसअघि भदौ ३१ मा पुलिसको पुरुष टोलीले टियु मैदानमा फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै स्वर्ण जितेको थियो । त्यो समय मन्जित श्रेष्ठले पुलिसको खेलाडीको रुपमा स्वर्ण जिते ।

२०६७ सालपछि मन्जितले पहिलो पटक यसै प्रतियोगिताको दौरान नेपाल पुलिसको कप्तानी छाडेका थिए । पहिलो खेलमा कर्णालीविरुद्ध कप्तानी गरेपछि मञ्जितले त्यसपछि बाँकी खेल भने खेलेनन् । युवा ब्याटर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा पुलिसले स्वर्ण जित्यो । मञ्जितले यसै प्रतियोगिताबाट सन्न्यास लिएको घोषणा गरे ।

पुलिसले पहिलो पटक महिला टिम निर्माण गर्दा मञ्जितले मुख्य प्रशिक्षकको अवसर पाए । मञ्जितले पहिलो प्रशिक्षक जिम्मेवारीमै टोलीलाई च्याम्पियन बनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवौं खेलकुदका प्राविधिक समिति सचिव प्रचण्ड शर्माले एकै प्रतियोगितामा प्रशिक्षक र खेलाडीको भूमिकामा खेल्न नपाइने जानकारी दिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.