default_image

2 years ago

October 18, 2022

पुलिसलाई डेब्यूमै स्वर्ण

156 views

0 Bookmark

पोखरा –हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा डेब्यू मै स्वर्ण जितेको छ । मंगलबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ५ रनले हराउँदै पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण जितेको हो ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । एपिएफको लागि रोमा थापाले १९ बलमा २ चौकासहित सर्वाधिक २६ रन बनाइन् । ओपनर सीता रानामगर र ज्योति पाण्डे दुबै ७(७ रनमा आउट भए । ज्योती रन आउट भइन् । सीता ३० बल खेलकी थिइन् ।

एपिएफलाई जितको लागि अन्तिम १२ ओभरमा १८ रन चाहिँएको थियो । कविता कुँवरले पाँच रन खर्चेर जित नजिक पुर्याइन् । तेस्रो बलमा रोमा थापालाई अप्सरी बेगमले डाइरेक्ट थ्रोमा रन आउट गराउँदै पुलिसलाई जित नजिक पुगेको थियो ।

एपिएफलाई जितको लागि अन्तिम ओभरमा १३ रन चाहिँएको थियो । सबनम राईले ७ रन खर्चिदै स्वर्ण पक्का गरिन् । इन्दु बर्मा २ र ममता चौधरी ९ रनमा आउट भइन् । राजमती ऐरी १२ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् ।

पुलिसको लागि ईश्वरी विष्टले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । संगिता राई र हिरनमयी रायले एक एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । पुलिसको लागि ओपनर काजल श्रेष्ठले ५५ बलमा १ चौकासहित सर्वाधिक २७ रन बनाइन् ।

स्पिनर नेरी थापाले ओपनर कविता कुँवरलाई ११ रनमा बोल्ड गर्दै पहिलो सफता दिलाइन् । त्यसअघिको बलमा कविताले चौका हानेकी थिइन् । कविताले १५ बल खेल्दै १ चौका हानिन् । १६ औं ओभरको पहिलो बलमा सम्झना खड्का फाइन लेगमा राजमती ऐरीबाट क्याच आउट भइन् ।

सम्झनाले २५ बलमा १ चौकासहित २१ रन बनाइन् । सम्झना सीता रानामगरको बलमा स्क्वायर लेगमा सट खेल्न खोज्दा क्याच हुन पुगेकी थिइन् । १७ औं ओभरको दोस्रो बलमा रेखा रावलले काजलको बल कट एण्ड बोल्ड गर्ने क्रममा ड्रप गरेकी थिइन् । तर कप्तान रुविनासँग तालमेल नमिल्दा काजल रन आउट बन्न पुगिन् ।

यसै ओभरको पाँचौं बलमा रुविनाको ब्यक्तिगत एक रनमा सरिता मगरले क्याच ड्रप गरेकी थिइन् । रुविना १३ बलमा १ चौकासहित ८ रनमा क्याच भइन् । कविता जोशी १० बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन् । अप्सरी बेगम २ रन बनाइन् ।

एपिएफको नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएकी थिइन् । इन्दु बर्माले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिइन् । बागमतीले लुम्बिनीलाई ७ विकेटले हराउँदै कास्य पदक जित्यो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.