default_image

2 years ago

October 18, 2022

बसिरको विष्फोटक शतक

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर बसिर अहमदले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता लुम्बिनी प्रदेश छनोटमा कपिलवस्तुबाट नवलपरासीविरुद्ध खेल्दै विष्फोटक शतक हानेका छन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा रुपन्देहीको सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको छ ।

कपिलवस्तुको कप्तानी गर्दै बसिर अहमदले १ सय २१ बलमा ११ चौका र ५ छक्कासहित १ सय ३९ रनको विष्फोटक इनिङ खेलेका थिए । ओपनर आकाश त्रिपाठी १६, राम निवास यादव १८, अमृत पौडेल ७, इमरान खान १५, शिव कुमार ३७ र मोहम्मद हुसैन १० रनमा आउट भए ।

राजले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । नवलपरासीका रोशन लाल गुप्ताले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ३ विकेट लिए । प्रधानमन्त्री कप कार्तिक १२ देखि सुरु हुनेछ । प्रदेशहरु छनोट गरि रहेका छन् ।

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

Success

Thank you for your time.