2 years ago
October 18, 2022
एजेन्सी – आइसिसी टि२० विश्वप २०२२ को तेस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंका र युएईबीचको खेल अष्ट्रेलियाको जिलोङमा नेपाली समय अनुसार दिउँसो १ः ४५ मा सुरु हुनेछ । एसिया कप २०२२ च्याम्पियन श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएपछि जित्नै पर्ने दबाबमा छ । श्रीलंका आजको खेलमा पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनेछ ।
श्रीलंका नामिबियाले प्रस्तुत गरेको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ८ रनमा अल आउट भएको थियो । श्रीलंकाका दासुन शनकाले सर्वाधिक २९ रन बनाएका थिए । श्रीलंकाले आजको खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ ।
त्यसको लागि प्रमुख ब्याटर कुशल मेन्डिस, भानुका राजपक्षे, पाथुम निसंका र धनुष्का गुणाथिलकाले जिम्मेवारीका साथ उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । श्रीलंकाले धनन्जय डि सिल्भाको स्थानमा चरिथ असलंकालाई मौका दिनसक्छ । गतवर्ष विश्वकपमा सानदार प्रदर्शन गरेपनि असलंका एसिया कपमा खराब प्रदर्शनपछि मौका पाउन सकेका छैनन् ।
श्रीलंकाका स्पिनर वानिन्दु हसंगा र महेथ थिक्सना प्रमुख हतियार हुन् । तीव्र गतिका बलर दुश्मन्था चामिराबाट श्रीलंका उत्कृष्ट सुरुवात चाहन्छ । यता युएई पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो । पहिलो खेलमा युएईले नेदरल्यान्ड्सविरुद्ध १ सय ११ रन मात्रै बनाएको थियो । युएई ब्याटिङमा सुधार गर्न चाहन्छ ।
मोहम्मद वासिमले राम्रो प्रदर्शन गर्दै आएका छन् । ठूलो अपेक्षा गरिएका वृत्य अरविन्द र चिराग सुरीले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । तीव्र गतिका बलर जुनैद खानले भने उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो खेलमा पराजित हुँदा युएई बाहिरिने छ ।
आजको पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाबीचको खेल विहान ९ : ४५ मा सुरु हुनेछ । दोस्रो दिन दुई पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिज स्कटल्यान्डसँग स्तब्ध भएको थियो ।
शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।
अंक तालिका
समूह ए मा समान दुई अंक भएपनि नेटरनरेटको कारण नामिबिया शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् । युएई तेस्रो र श्रीलंका पुछारमा छन् ।
समूह बी मा समान दुई अंक भएपनि स्कटल्यान्ड शीर्ष र जिम्बावे दोस्रो स्थानमा छन् । आयरल्यान्ड तेस्रो र वेस्टइन्डिज पुछारमा छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]