2 years ago
October 17, 2022
एजेन्सी – दुई युवा ब्याटर साम करन र ह्यारी ब्रुकको आक्रामक ब्याटिङमा इंग्ल्यान्डले टि२० विश्वकप अघि वार्मअप खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ह्यारी ब्रुक २४ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रनमा अविजित रहे । साम करन १४ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।
बेन स्टोक्सले १८ बलमा २ चौका र ३ छक्कासहित ३६, फिलिप साल्ट एक र एलेक्स हेल्स ९ रनमा आउट भए । लियाम लिभिङस्टोन १६ बलमा १ चौका र २ छक्कासहित २८ रन जोडे ।
पाकिस्तानका मोहम्मद वासिम जुनियरले २.४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । नसिम शाह र शादब खानले एक एक विकेट लिए ।
त्यसअघि ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित १९ ओभरमा ८ विकेटमा १ सय ६० रन बनायो । पाकिस्तानका शन मकसुदले २२ बलमा ७ चौकासहित ३९, हैदर अली १८, शादब खान १४, इफ्तिखर अहमद २२, खुशदील शाह डक, आसिफ अली १४ र मोहम्मद नवाज १० रनमा आउट भए ।
मोहम्मद वासिमले १६ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । इंग्ल्यान्डका डेविड विल्लीले सर्वाधिक दुई विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]