2 years ago
October 17, 2022
एजेन्सी – ओपनर लोकेश राहुल र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा घरेलु टोली अष्ट्रेलियालाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ ।
ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । भारतका लोकेश राहुलले ३३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।
सूर्यकुमार यादवले ३३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । कप्तान रोहित शर्मा १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । विराट कोहली १३ बलमा १ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।
कोहली मिचेल स्टार्कको बलमा मिचेल मार्शबाट क्याच भए । हार्दिक पान्ड्या भने ५ बलमा २ रनमा आउट भए । दीनेश कार्तिक १४ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । अक्षर पटेल र रविचन्द्रन आश्विनले ६–६ रन बनाए ।
अष्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्ड्सनले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, एश्टन अगरले एक एक विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]