2 years ago
October 17, 2022
भुपेन्द्र जिसी, पोखरा
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले सन् २००७ जुलाई १२ मा थाईल्यान्डसँग खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्यो । प्रतियोगिता नेपालले नेरी थापाको कप्तानीमा खेलेको थियो । प्रतियोगिताको डेब्यूमै सानदार प्रदर्शनका साथ थाईल्यान्डलाई ५५ रनले हराएको थियो । त्यहि थाईल्यान्ड अहिले विश्वकप हुँदै टेस्ट मान्यता नजिक छ । तर नेपालको अवस्था उस्तै जस्तै छ ।
नेपाल प्रतियोगिताको फाइनलमा बंगलादेश पराजित भएको थियो । एउटा संयोग नै मान्नुपर्छ । पहिलो अन्तर्राष्ट्रिय ब्याचका चार खेलाडी अहिले पोखरामा छन् । नेरी थापा, निरा राजोपाध्याय, ऋतु कनौजिया र सीता रानामगर नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट रंगशालमा भेटिए ।
निरा बाहेक अन्य तीन खेलाडी महिला क्रिकेटकै सक्रिय खेलाडी हुन् । अहिले पनि युवा खेलाडीको भन्दा यी तीन खेलाडीको प्रदर्शन राम्रो छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेको डेढ दशक पुग्दा उनीहरुको प्रदर्शन अझ पनि उस्तै छ ।
सीता त्यो समय स्पिनरको रुपमा खेल्थिन् । अहिले उनी नेपाली टोलीको प्रमुख ब्याटर र बलर हुन् । अर्कोतर्फ एपिएफको र घरेलु क्रिकेटको सर्वाधिक सफल कप्तान पनि । सीताले घरेलु क्रिकेटमा एकपछि अर्को प्रेरणादायी प्रदर्शन गर्दै आएकी छिन् ।
४० वर्षीय ऋतु सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै लगातार उच्च प्रदर्शन गर्दै आएकी छिन् । उनले प्रदर्शन र फिटनेसको राम्रो उदाहरण प्रस्तुत गरेकी छिन् । करिअरको अधिकांश समय एपिएफमा बिताएकी उनी पछिल्लो दुई वर्षयता सुदूरपश्चिमबाट खेल्दै आएकी छिन् ।
यसअघि लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने नेपालको पहिलो महिला क्रिकेट कप्तान नेरी यो प्रतियोगितादेखि एपिएफमा छिन् । नेपालको तेस्रो कप्तान निरा बागमती प्रदेशको व्यवस्थापकको भूमिकामा छिन् । निराले २०१६ पछि खेल्न छाडिन् ।
सीता बाहेक अन्य तीन खेलाडीले नेपाली महिला क्रिकेट टोलीको कप्तानीको अवसर पाए । तर सीतालाई भने नेतृत्वको अवसर नदिइ उपकप्तानमा सिमित बनाइयो । घरेलु क्रिकेटमा लामो समय सफल कप्तानी गरेपनि क्यानले उनलाई जिम्मेवारी दिएन ।
नेरीले सन् २००७ मा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय कप्तानी गरिन् । दुई वर्ष कप्तानी गरेपछि खेलाडीको रुपमा रहेकी उनी पछिल्लो तीन वर्षयता राष्ट्रिय टोलीमा छैनन् । नेरी २०१९ पछि पुनरागमनको तयारीमा छिन् । ऋतुले २००९ मा नेपालको कप्तानी गरेकी थिइन् । निराले २००९ र २०१० मा नेपालको कप्तानी गरिन् ।
निरापछि पालो सीताको थियो । अनुभव, सिनियर र प्रदर्शनको आधारमा रुविना भन्दा अघि सीता कप्तान बन्नु पर्ने थियो । तर क्यानले २०११ मा रुविनालाई कप्तानी दिएको थियो । सीतालाई उपकप्तान ।
एक दशक उपकप्तानमा सिमित राखेपछि गत वर्ष क्यानले अर्को आश्चर्यजनक निर्णय गर्यो । घरेलु क्रिकेटमा कप्तानीमा एकछत्र राज गर्दै कप्तानको सर्वाधिक दाबेदार मानिएको सीतालाई उपकप्तानबाट हटायो । जुन क्यानको नियतिमै ठूलो प्रश्न र आलोचना भएको थियो ।
वास्तवमा सीता कप्तान बन्नुपर्ने र बनाउनु पर्ने खेलाडी हुन् । त्यो समय होस् वा अहिले । घरेलु प्रदर्शन र उपाधिको आधारमा पनि उनलाई कप्तान त दिनुपर्ने थियो । टोलीको कमजोर प्रदर्शनमा क्यानले कप्तानलाई नहटाएर उपकप्तानलाई हटाएको थियो । दुखको कुरा सीता आफैंले क्यानको निर्णय मिडियाबाट थाहा पाएकी थिइन् ।
गत जेठमा क्यानले गरेको यो निर्णयपछि सीताले कप्तानको आशा गरेपनि नपाउँदा हटाउँदा दुःख लागेको त्यो समय बताएकी थिइन् । ‘म कप्तानको दाबेदार हुँ जस्तो लाग्छ । मैले पनि आफ्नो कप्तानीमा राम्रो गर्यौं भन्ने त हुन्थ्यो नै । तर के गर्नु मेरो संघ क्यान नै शक्तिशाली भएपछि मैले वहाँहरुको निर्णयलाई स्वीकार गर्नैपर्छ । म खुसी छु । म सिनियर खेलाडीको रुपमा खेलेको छु । म एपिएफ टोलीलाई नेतृत्व गरेर राम्रो नतिजा पनि दिइरहेको छु । कम्तिमा एपिएफमा मेरो कदर हुन्छ र पोजिसन (पद) सुरक्षित छ’, सीताले उपकप्तानबाट हटाएपछि भनेकी थिइन् ।
सीता नेपाली महिला क्रिकेटकी प्रदर्शन र अनुभवको हिसाबमा सर्वाधिक सफल क्रिकेटर हुन् । सीता महिला टि२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी पनि हुन् । ३० खेलमा सीताले ५ सय ७ रन बनाएकी छिन् । उनको उत्कृष्ट प्रदर्शन ८२ रन अविजित छ । जुन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एकै इनिङमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । ३१ विकेटका साथ नेपालबाट महिला टि२० आईमा शीर्षस्थानमा छिन् ।
‘साँच्चै नढाटी भन्दा मैले नेतृत्व पाउँछु भनेर जिन्दगीमा आशा गरेको थिइनँ । त्यस्तो कहिल्यै पनि भएन । म एपिएफको कप्तानमै खुसी छु । छनोटमा पनि मेरो पद कुन हो थाहा थिएन । अलिकति दुःख लागेको चाहिँ मिडिया आएको २४ घण्टापछि थाहा दिइयो । त्यो नराम्रो लाग्यो’, उनले भनिन् ।
सीताले जुन प्रदर्शन गरिरहेकी छिन् त्यसले उनी अझै लामो समय नेपाली टोलीबाट खेल्ने विश्वास गर्न सकिन्छ । नेरी थापाको पनि लय हेर्दा उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने देखिन्छ । नवौंमा नेरीले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गरेकी छिन् ।
ऋतुको प्रदर्शन उच्च छ । उनी नेपाली क्रिकेट टोलीबाट राम्रो बिदाईको आशामा छिन् । त्यसपछि प्रदेश वा जिल्लाको प्रशिक्षक हेर्ने उनले सोच बनाएकी छिन् । यता निरा भने अब बागमती प्रदेश हुँदै महिला टोलीको सहायक प्रशिक्षक बन्ने सोचमा हुनेछिन् ।
यी चार खेलाडीको क्रिकेट जीवनी पढ्नुहोस् :
नेरी थापा- ‘ब्याडमिन्टन खेलाडी क्रिकेटको पहिलो कप्तान बनें’
ऋतु कनोजिया – ‘खेलाडी त के कप्तान पनि चिन्दैनन्’
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]