2 years ago
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – इन्दु वर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा अपराजित रहँदै समूह ए बाट सेमिफाइनलमा पुगेको छ । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको हो ।
जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा इन्दु बर्माले ४३ बलमा ५ चौकासहित सर्वाधिक ४५ रन बनाइन् । इन्दु अनु कडायतको बलमा ठूलो सट खेल्ने धुनमा कट एण्ड बोल्ड भएपछि अर्धशतक बनाउन चुकेकी थिइन् ।
ज्योति पाण्डे र रोमा थापाले ११–११ रन बनाइन् । सीता रानामगर ४, ममता चौधरी ७ र मन्जु बोगटीले २ रन बनाइन् । सुदूरपश्चिमको मनिषा चौधरी, अनु कडायत, डली भट्ट र स्नेहा महराले १–१ विकेट लिइन् ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहिन् ।
ओपनर विन्दु रावल १८ बल खेल्दै ८ रनमा बाल्ड भइन् । उनी स्पिनर नेरी थापाको बलमा बोल्ड भइन् । दोस्रो विकेटका लागि रवि पोद्धार र ऋतुले २९ रनको साझेदारी गरेका थिए । मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड हुनुअघि उनले ३५ बलमा ३ चौकासहित २३ रन बनाइन् ।
स्नेहा महरा २० बलमा १ चौकासहित १८ रनमा इन्दु बर्माको बलमा बोल्ड भइन् । तेस्रो विकेटका लागि महरा र ऋतुले सर्वाधिक ४१ रनको साझेदारी गरेकी थिइन् । डली भट्ट एक रनमा अविजित रहिन् । एपिएफकी नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले एक एक विकेट लिइन् ।
समूह ए बाट एपिएफ सेमिफाइनलमा पुगि सकेको छ । समूह बी बाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी प्रदेश उप–विजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । एपिएफले सेमिफाइनलमा सोमबार लुम्बिनीसँग खेल्नेछ । आजको दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जसको विजेता समिफाइनलमा पुग्नेछ ।
अंक तालिका
नेपाल एपिएफ क्लब ४ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जोड्दै दोस्रो स्थानमा छ । मधेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
आजको दोस्रो खेलमा मधेश प्रदेश र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । विजयी टोली सेमिफाइनलमा पुग्नेछ । सुदूरपश्चिम ४ खेलमा १ मा जित र ३ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने चारै खेलमा पराजित हुँदै जित विहीनका साथ बाहिरियो ।
समूह बी बाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी उपविजेता हुँदै । समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
लुम्बनी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । प्रदेश १ ले ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंक भएपनि नेटरनरेटको कारण बाहिरियो ।
लुम्बिनीको नेटरनरेट ०.१७५ र प्रदेश १ को माइनस १.१७५० छ। प्रदेश १ र लुम्बिनीबीचको खेल वर्षाको कारण रद्द भएको थियो । जारी प्रतियोगितामा रद्द हुने यो मात्र एक खेल हो । कर्णाली तीनै खेलमा पराजित हुँदै बाहिरियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]