2 years ago
October 16, 2022
एजेन्सी – आठौं संस्करणको टि२० विश्वकप २०२२ आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । पहिलो चरणको समूह ए को खेलमा श्रीलंका र नामिबियाबीच उद्धघाटन खेल हुनेछ । खेल बिहान ९ : ४५ मा सुरुहुनेछ ।
विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूह बाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह बी बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।
पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन् ।
त्यस्तै सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।
सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । दक्षिण अफ्रिका र न्युजिल्यान्डको सोच पहिलो पटक विश्वकप जित्ने हुनेछ । भारत २००७ पछि विश्वकप जित्ने सोचमा हुनेछ । घरेलु टोली अष्ट्रेलिया लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्न चाहन्छ ।
टि२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिज दुई पटक विश्वकप जित्ने एकमात्र टोली हो । लगातार दोस्रो वर्ष टि२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक भएको थियो ।
२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टि२० विश्वकप च्याम्पियन बनेका थिए ।
यस विश्वकपमा इंग्ल्यान्ड, भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिका सर्वाधिक बलिया टोली हुन् । त्यस्तै न्युजिल्यान्ड र पाकिस्तान पनि उपाधि दाबेदार टोली हुन् । विश्वकपमा आजको दोस्रो खेलमा नेदरल्यान्ड्स र युएईबीच दिउँसो एक बजे सुरुहुनेछ ।
यो पनि : टि२० विश्वकप जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली
टि२० विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी
टि२० विश्वकपमा सर्वाधिक विकेट लिनसक्ने पाँच खेलाडी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]