2 years ago
October 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कृतिका मरासिनीसहित तीन नेपाली क्रिकेटर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ड्रिम टिममा पर्दै छात्रवृत्ति पाउने भएका छन् । आइसिसीले गत जुनमा मलेसियामा भएको यू–१९ महिला विश्वकप छनोटको प्रदर्शनबाट नेपालका तीन खेलाडीलाई छात्रवृत्ति दिने भएको छ ।
कृतिका यू-१९ नेपाली टोलीको कप्तान हुन् । उनकै कप्तानीमा नेपालले यू–१९ विश्वकप छनोट खेलेको थियो । कृतिका, आश्मा पुलामी मगर र सृष्टी जैशी नेपालको टोलीमा थिए ।
कृतिकाले नेपाली यू–१९ सँगै लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । त्यस्तै लुम्बिनी प्रदेशकी ब्याटर आश्मा पुलामी मगर र गण्डकी प्रदेशकी कप्तान तथा अलराउन्डर सृष्टी पौडेल नेपालबाट परेका छन् ।
युएई, मलेसिया, भुटान, नेपाल र कतारबाट गरि कुल १३ खेलाडीको ड्रिम टिम बनेको छ । यो कार्यक्रम अन्तर्गत नेपालको काठमाडौं र पोखरामा आगमी कार्तिक ६ देखि १२ सम्म तीन टि२० अभ्यास खेल खेलाउनेछ ।
उक्त ड्रिम टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी), नेपाल प्रिसिडेन्ट ११ र नेपाल इमर्जिङ टोली गरि तीन टि२० खेल खेल्ने जनाएको छ । खेल काठमाडौं र पोखरा हुनेछ । एमसिसीको महिला टोली नेपाली महिला क्रिकेट टोलीसँग खेल्न नेपाल आउँदैछ । इमर्जिङ टिम्स र प्रिसिडेन्ट-११ को टोली भने क्यानले सार्वजनिक गर्नेछ ।
आइसिसी एसिया यू१९ शतप्रतिशत छात्रवृत्ति अन्तर्गत परेका खेलाडी
मलेसिया : नुर फतिन ऐश्याह बिन्ती, अब्दुल अहमान नुर र ऐश्या बिन्ती आज्मी ।
युएई : समैरा धरनिर्धक, वैष्णव महेश र थ्रीर्थ सतिश
भुटान : न्गवान्च चोडेन र इभा सोम्सेल
कतार : साची धड्वाल र एलिना खान
नेपाल : कृतिका मरासिनी, आश्मा पुलामी मगर र सृष्टी जैश
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]