default_image

2 years ago

October 15, 2022

गण्डकीलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य

174 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेशलाई ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८८ रनमा अल आउट भयो । बागमती प्रदेशको लागि सोनी पाख्रिनले ४१ बलमा २ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

बागमतीको सुरुवात सम्झन लायक रहेन । पहिलो ओभरमै तालमेल नमिल्दा ओपनर हेलिसा गुरुङ एक रनमा रन आउट भएकी थिइन् । अर्की ओपनर कन्चन श्रेष्ठ पनि एक रनमा रन आउट भइन् ।

१३ बल खेल्दै विन्दा कटुवाल एक चौकाका साथ कुसुम गोदारको बलमा क्याच आउट भइन् । पाँचौं ओभरको दोस्रो बलमा गण्डकीकी कप्तान सृष्टी पौडेलले बागमतीको प्रमुख ब्याटर सुमन खतिवडालाई ६ रनमा बोल्ड गरेपछि समस्यामा परेको थियो ।


सातौं ओभरमा कप्तान अस्मिना कर्माचार्य सृष्टीकै बलमा विकेटकिपर विकेकिपर ज्यात्स्निका मरासिनीबाट ४ रनमा क्याच भएपछि ६.३ ओभरमा २१–५ को अवस्थामा पुगेको थियो ।

आरती बिडारी १६ बलमा १ चौकासहित ११ रनमा आउट भइन् । छ्रैटौं विकेटका लागि सोनी र आरतीले २९ रनको साझेदारी गरेका थिए । कृष्मा गुरुङ १९ बल खेल्दै ८, विपिन शाही ८ सलिना सिलवाल र संस्कृती फुँयालले २–२ रन बनाए ।

गण्डकीकी कप्तान सृष्टी जैशीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । कुसुम गोदार, शीला क्षेत्री, निरु घर्तीथापाले एक एक विकेट लिए ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.