2 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर सरस्वती कुमारी चौधरीको उत्कृष्ट बलिङसँगै नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनायो । एपिएफको लागि सातौं नम्बरकी ममता चौधरीले २३ बलमा १७ रन बनाइन् । राजमति ऐरीले सर्वाधिक १६ रन बनाइन् ।
ज्योति पाण्डेले १३ बलमा २ चौकासहित सर्वाधिक १५ रन बनाइन् । एपिएफको लागि ज्योतिले दुई, राजमति र सीता रानामगरले एक एक चौका प्रहार गरे । अन्य खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन् । मधेशको लागि माछापुच्छ्रे एन्डबाट सरस्वतीले लगातार उत्कृष्ट बलिङ गर्दै दबाबमा राखिन् ।
एपिएफले आजको खेलमा ओपनिङ जोडी परिवर्तन गर्दै इन्दु बर्मा र राजमती ऐरीलाई पठाएको थियो । नियमित ओपनर ज्योतिलाई भने आठौं नम्बरमा खेलाएको थियो । सरस्वतीको चौथो ओभरको दोस्रो बलमा इन्दु एज लागेर विकेटकिपर एलिसा यादवबाट ६ रनमा क्याच भइन् । यसै ओभरको पाँचौं बलमा सरिता मगर शून्यमा एलिसाबाट क्याभ भइन् । सरिता पनि सट बलमा एज लागेर क्याच हुन पुगेकी थिइन् ।
आठौं ओभरको पाँचौं बलमा स्पिनर शान्ति चौधरीले ओपनर राजमतीलाई १६ रनमा बोल्ड गरिन् । ऐरीले २३ बलमा १ चौका प्रहार गरिन् । शान्तिले नै कप्तान सरिता मगरलाई ८ रनमा बोल्ड गरेपछि एपिएफ ४५–४ को अवस्थामा थियो । लगत्तै ११ औं ओभरको तेस्रो बलमा रोमा थापा ८ रनमा क्याच भइन् । रोमा पनि १८ बल खेल्दै एलिसाबाटै क्याभ भइन् ।
सरस्वतीले नेरी थापालाई १२ रनमा बोल्ड गरेपछि १५.२ ओभरमा ७१–६ को अवस्थामा पुगेको थियो । मधेशकी सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिइन् ।
शान्ति चौधरीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । कप्तान कविता गौतमले ४ ओभरमा रन खर्चे २ विकेट लिइन् । दुबै टोली समूह ए मा लगातार तेस्रो जितका साथ सेमिफाइनल स्थान बलियो बनाउने सोचमा छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]