default_image

2 years ago

October 14, 2022

टि२० विश्वकपमा बुमराहको स्थान शामीले लिने

190 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शामीलाई भारतले आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपको लागि टोलीमा बोलाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएपछि उनको स्थानमा भारतले शामीलाई बोलाएको हो ।

यद्यपी शामीले गत वर्ष विश्वकपपछि भारतीय टोलीबाट टि२० आई खेल भनेका खेलेका छैनन् । ३२ वर्षीय शामीले १७ खेलमा १८ विकेट लिएका छन् । तीव्र गतिका बलर मोहम्मद शामी पछिल्लो समय कोरोना देखिएपछि अष्ट्रेलिया र दक्षिण अफ्रिका सिरिज गुमाएका थिए ।

बुमराह घाइते भएपछि भारत अनुभवी बलरनै राखेको हो। भारतको वैकल्पिक सूचिमा शामी थिए । भारतीय तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, शामी, हर्षल पटेल र अर्शदीपसिंह छन् । गतवर्ष गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन शामीले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए ।

नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेका थिए । डेथ ओभरमा हर्षल र अर्शदीप हुनेछन् । भुवनेश्वर कुमारको प्रदर्शन राम्रो हुन नसक्दा शामी नयाँ बलका साथ पावर प्लेमा बलिङ गर्ने देखिन्छ ।

बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाएका हुन् ।  भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कार्तिक अहिले पनि टोलीमा छन् ।

त्यसपछि भारतले २०१४ को टि२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टि२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।

सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगातार चुक्दै आएको छ । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।

भारतले वार्मअप खेलमा १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्नेछ । २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उप-कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, हर्षल पटेल र अर्शदीप सिंह ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.