2 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशकी मध्यगतिकी बलर तथा कप्तान कविता गौतमले आफू खेलमा फर्किन्छु जस्तो नलागेको बताएकी छिन् । खुट्टाको शल्यक्रियाको कारण डेढ वर्षपछि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताबाट मैदान फर्किएकी उनले उक्त प्रतिक्रिया दिएकी हुन् ।
‘एकदमै खुशी लागेको छ । मैले सोचेको थिएन कि म खेलमा पूनरागन गर्न सक्छु । जुन विद्या चापागाईं दिदीले गर्दा साथ र समर्थन अनि क्यानले मलाई शल्यक्रियासम्मको सहयोग गर्दिनु भयो । वहाँहरुले गर्दा मैले खेलमा फर्किन पाएँ । म वहाँहरुलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु’, कविताले भनिन् ।
‘हामी जस्तो आर्थिक अवस्था कमजोर भएको परिवारलाई राम्रो अस्पतालमा उपचार र लगातार फलोअपमा जान गाह्रो पर्छ । विद्या दिदीले गर्दा मलाई नेपाल र विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीले धेरै सहयोग गर्नुभयो । क्यानको सहयोग र अन्य सहयोगले गर्दा खेलमा फर्किन पाएको छु । म एकदमै खुशी छु’, उनले भनिन् ।
उनले शल्यक्रिया गर्ने बितिक्कै कोरोना कारण तीन महिना लकडाउन भयो । उनले एक महिनामा देखाउनु पर्ने ६ महिनापछि देखाएको थिइन् । त्यसैले उनलाई धेरै थप धेरै गाह्रो भयो । ‘म आफूहरुको साथीलाई देख्दा भित्रभित्र मारि रहेको थिएँ । इच्छा मरेको थियो । मन टुटि रहेको थियो । जे होस् म ठिक भए । आज फर्किन पाएँ’, उनले भनिन् ।
‘मलाई पेन (दुखाई ) त अझैं छ । पूर्ण रुपमा चोट फिट भन्दा पनि ईच्छा भएर आएको हो । मेरो शल्यक्रिया अनुसार पूर्ण फिट हुनुपर्ने हो । तर समयमै देखाउन नपाउँदा अझै ठिक भएको छैन । अव थेरापीमा भरपर्छ’, कविताले भनिन् ।
कविता २०२१ को ललितपुर मेयर्स टि२० च्याम्पियनपसिपमा सुदूरपश्चिमविरुद्ध खेल्नेक्रममा खुट्टामा चोट लागेको थियो । ललितपुर-११ बाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट लागेको थियो । उक्त खुट्टा उपचारको लागि पर्याप्त आर्थिक अवस्था नभएको कथा विद्या चापागाईंले हेने कथा मार्फत सार्वजनिक गरेपछि उनलाई आर्थिक सहयोग मिलेको थियो ।
वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) २०१९ मा मा चितवन राइनोजलाई कविताले उपाधि जिताउन ५ खेलमा १० विकेट लिदै उत्कृष्ट बलर चुनिइन् । कविता सन् २०१२ मा कुवेतमा भएको एसीसी यू-१९ वुमन्स च्याम्पियन्स मा नेपालले उपाधि जित्दा टोलीको उप-कप्तान थिइन् ।
रुविना क्षेत्रीको कप्तानीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा कविताले प्रभावशाली प्रदर्शन गरिन् । त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै कविताले सन् २०१४ मा थाइल्यान्ड नेपालको सिनियर टोलीबाट कविताले खेलेकी थिइन् । त्यसबेला उनले चीन र हङकङसँग मैदान उत्रने अवसर पाएकी थिइन् ।
यो पनि पढ्नुहोस् : कविताको पुनरागमन प्रयास : श्रीमानको प्रशिक्षण, परिवारको साथ
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]