2 years ago
October 14, 2022
एजेन्सी – अष्ट्रेलियाका सुपरस्टार आक्रामक ब्याटर ग्लेन म्याक्सवेल टि२० विश्वकपको मुखमै आफ्नो करिअरकै खराब लयबाट गुज्रिएका छन् । टि२० विश्वकप अष्ट्रेलियामा आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोली अष्ट्रेलिया लगातार दोस्रो विश्वकप जित्ने सोचमा छ । तर प्रमुख हिटर म्याक्सवेलको खराब लयले भने ठूलो चिन्ता थपेको छ ।
म्याक्सवेल पछिल्ला ६ खेलमा दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् । म्याक्सवेल पछिल्ला ६ इनिङमा क्रमश : १, ०, ६, ०, १ र ८ रनमा आउट भएका छन् । करिअरमा उनी ६ पटक लगातार दोहोरो अंकका रन बनाउन नसकेको पहिलो पटक हो ।
अष्ट्रेलिया सेप्टेम्बरमा भारत भ्रमण गरेको थियो । म्याक्सवेल भारतसँगको तीन टि२० आई खेलमा १, ० र ६ रनमा आउट भएका थिए । ३४ वर्षीय म्याक्सवेल अष्ट्रेलियाबाट टि२० आईमा तीन शतक हान्ने एक्लो र पहिलो खेलाडी हुन् । यसै महिना वेस्टइन्डिजसँगको दुई टि२० आई खेलमा घरेलु मैदानमै म्याक्सवेल ० र १ रनमा आउट भए । इंग्ल्यान्डसँग दोस्रो टि२० आई खेलमा म्याक्सवेल ८ रनमा आउट भए ।
यसअघि म्याक्सवेलले गतवर्ष अक्टोबर नोभेम्बरमा पाँच खेलमा लगातार दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । जसक्रममा दुई खेलमा भने ब्याटिङ गर्न मैदान छिरेपनि अवसर पाएका थिएनन् । गतवर्ष टि२० विश्वकपमा अष्ट्रेलिया च्याम्पियन बनेपनि म्याक्सवेलको प्रदर्शन खराब थियो ।
म्याक्सवेल गतवर्ष विश्वकपमा ५, ६, ०, ० र ७ रन बनाएका थिए । बंगलादेश र वेस्टइन्डिजसँग क्रिजमा गएपनि एक बल पनि नखेली फर्किएका थिए । यसअघि म्याक्सवेलले २०१६ को ओडिआई खेलमा ०, ६, ०, ० र ३ रनमा आउट हुन पुगेका थिए । त्यस्तै २०१४ मा म्याक्सवेल ओडिआईमा ०, २, ७ र ० मा आउट भएका थिए ।
म्याक्सवेलले टेस्ट भने ७ खेल मात्रै खेलेका छन् । म्याक्सवेलले ९३ टि२० आई खेलमा तीनमा शतक र ९ मा अर्धशतकसहित २ हजार ३३ रन बनाएका छन् । म्याक्सवेलले पहिलो शतक २०१६ मा श्रीलंकाविरुद्ध १ सय ४५ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
त्यसपछि २०१८ मा इंग्ल्यान्डविरुद्ध १ सय ३ रनमा अविजित र २०१९ मा भारतविरुद्ध १ सय १३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । तीनै शतक अविजित थिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]