default_image

2 years ago

October 12, 2022

मधुको घातक बलिङमा लुम्बिनीको सानदार जित

151 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – युवा स्पिनर मधु डिसीको घातक बलिङमा लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै लुम्बिनीले समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।


जितको लागि १ सय २८ रनको बलियो लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा २३ रनमा अल आउट भयो । कर्णालीको लागि ओपनर किरण कुँवरले १२ बलमा सर्वाधिक पाँच रन बनाइन् । लुम्बिनीको स्पिन आक्रामण सामु कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधुले कर्णालीको मध्यक्रम ध्वस्त बनाएकी थिइन् । यमुना थारु २, अंशु शाक्य डक, अन्जु गुरुङ एक, कप्तान विना थापा चार, दीपा राना र दीक्षा पुरी डक आउट भए ।

लुम्बिनीकी मधु डिसीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । मधुनै खेलको प्लेयर अफ द म्याच चुनिन् । स्पिनर कृतिका मरासिनीले १.३ एक रन खर्चेर २ विकेट लिइन् । सुस्मिता भुषालले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ३८ बलमा ३ चौकासहित ३१ रन बनाइन् । कप्तान सरस्वती घर्तीमगरले ५२ बलमा १ चौकासहित ३० रनमा आउट भइन् । ओपनर कमला घर्तीमगर एक रनमा रन आउट भइन् ।

अन्जु गुरुङले आश्मा पुलामी मगरलाई शून्यमा बोल्ड गरिन् । सुस्मिता बजागाईं १२ रनमा स्टम्पिङ आउट भइन् । उनी अन्जली क्षेत्रीको बलमा अघि बढेर सट खेल्ने धुनमा स्टम्पिङ आउट भएकी थिइन् । मधु डिसी १४ बलमा १२ रनमा अविजित रहिन् । नितु भण्डारीले ४ बलमा ३ रन जोडिन् । कर्णालीले ३८ रन अतिरिक्त दिएको थियो । कर्णालीको मध्य गतीकी बलर अन्जु गुरुङले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । अन्जली क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् ।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । कर्णाली पहिलो खेलमा पुलिससँग डकवर्थ लेविस पद्धतिको आधारमा ६३ रनले पराजित भएको थियो ।

समूह बी मा नेपाल पुलिस क्लब २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी २ खेलमा १ मा जित र एक खेलमा अंक बाड्दै दोस्रो स्थानमा छ । प्रदेश १ ले २ खेलमा १ अंक जोेड्दै तेस्रो स्थानमा छ ।

कर्णाली २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । लुम्बिनीले शुक्रबार पुलिससँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । पराजित भएमा भने कर्णाली र प्रदेश १ बीचको नतिजा फर्खनु पर्छ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.