default_image

2 years ago

October 12, 2022

मलानको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक लक्ष्य

132 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर डेविड मलानको अर्धशतकमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मनुका ओभल क्यानवेरामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४९ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए ।
इंग्ल्यान्डको सुरुवात भने राम्रो हुन सकेन । ओपनर एलेक्स हेल्स ४ र कप्तान जस बटलर १७ रनमा आउट भए । बटलरले १३ बलमा ३ चौका प्रहार गरे ।

एडम जाम्पाले बेन स्टोक्सलाई ४ रनमा बोल्ड गरे । मार्कस स्टोइनिसको बलमा ह्यारी ब्रुक एक रनमा म्याथ्यु वेडबाट क्याच भएपछि इंग्ल्यान्ड ५४–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि मोईन अली र मलानले ९२ रनको उत्कृष्ट साझेदारी गर्दै पूनरागमन गराए । मोईन अली २७ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा आउट भइन् । साम करनाई मिचेल स्टार्कले ८ रनमा बोल्ड गरे । क्रिस जोर्डन ७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मार्कस स्टोइनिसले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । एडम जाम्पाले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क र प्याट कमिन्सले एक एक विकेट लिए । तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.