default_image

2 years ago

October 12, 2022

बंगलादेशमाथि सानदार जितसँगै न्युजिल्यान्ड फाइनलमा

131 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ४८ रनको सानदार जित निकाल्दै फाइनलमा पुगेको छ । योसँगै पाकिस्तान पनि फाइनलमा पुगेको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६० रन बनायो । बंगलादेशका कप्तान सकिब अल हसनले ४४ बलमा ८ छक्का र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए ।

नाज्मुल हसन सान्टो ११, लिटन दास र सौम्य सरकार २३–२३ रनमा आउट भए । न्युजिल्यान्डका एडम मिल्नेले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । कप्तान टिम साउथी र माइकल ब्रेसवेलले दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २४ बलमा २ चौका र ५ छक्कासहित ६० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए ।


ओपनर तथा विकेटकिपर डेभन कन्वे ४० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए । युवा ओपनर फिन एलेनले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । मार्टिन गुप्टिल २७ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट हुन पुगे ।

दोस्रो विकेटका लागि कन्वे र गुप्टिलले ८२ रनको साझेदारी गरेका थिए । बंगलादेशका मोहम्मद सैफुद्दिन र एबादोत हसनले दुई दुई विकेट लिए । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

बंगलादेश जित विहीन हुँदै पुछारमा छ । लिगको अन्तिम खेलमा बंगलादेश र पाकिस्तानबीच बिहीबार खेल हुनेछ । फाइनलमा शुक्रबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.