default_image

2 years ago

October 11, 2022

ऋतुको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

253 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भेट्रान अलराउन्डर ऋतु कनौजियाको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ पहिलो जित दर्ता गरेको छ ।

तस्विर सौजन्य: एनएसजेएफ गण्डकी

मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदुर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले पुरा २० ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान सृष्टि जैशिले सर्वाधिक २८ रनको योगदान दिइन् । संयमित इनिङ खेलेकी उनले अन्तिमसम्म नटआउट रहँदा ४८ बलमा १ चौका प्रहार गरिन् ।

गण्डकीका लागि ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले नटआउट ६ रन जोडे । सुदूरपश्चिमको बलिङतर्फ ऋतुले २ विकेट लिने क्रममा ४ ओभरमा १ मेडनसहित मात्र ३ रन खर्चिइन् । अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान १-१ विकेट लिए ।

जवाफमा जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य प्राप्त गर्यो । सुदूरका लागि ऋतुले २० बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित उनी नवौं ओभरको पाँचौ बलमा रनआउट भएकी थिइन् । सुदूरका लागि स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन प्रहार गरिन् । गण्डकीका बलरहरु शिला क्षेत्रीले २ र कप्तान सृष्टिले १ विकेट लिए ।

त्यसअघि नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ समूह ए को खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो । एपिएफले बागमतीलाई ४ विकेटले पराजित गरेको हो । बागमतीले प्रस्तुत गरेको ९० रनको लक्ष्य एपिएफले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको बागमती भने दोस्रो खेलमा पराजित हुन पुग्यो ।

तस्विर सौजन्य: एनएसजेएफ गण्डकी

टस हारेपछि ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । टोलीका लागि राष्ट्रिय टोलीकी सदस्य तथा कप्तान अश्मिना कर्मचार्यले नटआउट १९ रनको योगदान दिइन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेकी सुमन खतिवडाले पनि १९ रन जोडिन् । उनले २ चौका प्रहार गरेकी थिइन् । उनी नेरी थापाको बलमा एलबिडब्लु शिकार भइन् । उनकै आक्रामक ब्याटिङमा बागमतीले पावरप्लेमा ३२ रन जोडेको थियो ।

बागमतीको ४ विकेट रनआउटमा गएको थियो । बागमतीले एपीएफको बलरबाट २० रन एक्स्ट्रा प्राप्त गरेको थियो । ओपनरद्वय अस्मिता खरेल ६ र कन्चन श्रेष्ठ २ रन जोड्दै रनआउट भएका थिए । बिन्दा कटवाल ७ रनमा रनआउट हुँदा आरति बिडारी ७ रनमै इन्दु वर्माको बलमा बोल्ड भइन् ।

हेलिषा गुरुङ ५ रनमा रेखा रावलको बलमा बोल्ड हुँदा अनिशा मझाकोटि १ रनमा खेल्दा रनआउट भइन् । सोनी पाख्रिनले नटआउट ३ रनको योगदान दिइन् । एपिएफका लागि इन्दु, नेरी र रेखाले १-१ विकेट लिए ।

तस्विर सौजन्य: एनएसजेएफ गण्डकी

जवाफमा एपिएफका लागि रोमा थापा र ममता चौधरीले पाँचौ विकेटका लागि ३२ रन्को साझेदारी गर्दै जिततर्फ डोर्याए । एक समय १७ रनको स्थितिमा लगातार तीन विकेट गुमाएपछि एपिएफ दबाबमा परेको थियो । कप्तान सीता रानामगरले १० बलमा २ चौका र १ छक्कासहित १६ रन जोडिन् । उनलाई अश्मिनाले तेस्रो ओभरको पाँचौ बलमा बोल्ड गरिन् ।

लगत्तै चौथो ओभरको सुरुवाती २ बलमा ओपनर ज्योति पाण्डे र सरिता मगर (०) पेभेलियन फर्केका थिए । त्यसपछि इन्दु वर्मा ५ रन जोड्दै रनआउट भएपछि एपिएफ समस्यामा परेको थियो । तर रोमा थापाले ३५ बलमा १ चौकाको सहयोगमा २२ रन जोड्दै खेलमा फर्काइन् । उनलाई ममता चौधरीले राम्रो साथ दिएकी थिइन् । ममताले २७ बलमा १७ रनको योगदान दिइन् । रोमा र ममता दुवैलाई २ ओभरको अन्तरमा सुमन खतिवडाले पेभेलियन फर्काइन् ।

नेरी थापाले १८ बलमा १ चौकासहित नटआउट १६ रन जोडेपछि एपिएफ विजयी भयो । अन्तिम ओभरको पहिलो बलमा एपिएफले विजयी रन जोडेको थियो । एपिएफका लागि राजमती ऐरी ४ रनमा नटआउट रहीन् ।

समूह ए अन्तर्गत पहिलो दिन मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दा बागमतीले सुदूरपश्चिममाथि ८ विकेटको जित दर्ता गरेको थियो । समूह बीमा यसअघि प्रदेश १ र लुम्बिनीको खेल वर्षाका कारण रद्द भएको थियो । पुलिसले भने कर्णालीलाई डीएल पद्दतिबाट ६३ रनले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । समूह बी अन्तर्गत पहिलो खेलमा पुलिसले प्रदेश १ तथा लुम्बिनीले कर्णाली प्रदेशको सामना गर्नेछन् ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

Success

Thank you for your time.