8 years ago
December 23, 2016
बिराट्नगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रीकेटमा आज पहिलो दिन एपिएफ र आयोजक पुर्वाञ्चलले विजयी सुरुवात गरेका छन ।
पहिलो खेलमा एपिएफले मध्यमाञ्चललाई ६१ रनले हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सशस्त्र प्रहरी बल(एपिएफ)ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ११५ रन जोडेको थियो । एपिएफकोलागी सारीता मगरले ४३ रन र बिनु बुडा मगरले ३३ रनको योगदान दिए ।
जवाफमा उत्रेको मध्यमाञ्चलले ५४ रन बनाउदै सबै विकेट गुमायो । एपिएफको लागी सोनु खड्काले ३ र करुना भण्डारिले २ विकेट लिए ।
दोस्रो खेलमा आयोजक पुर्वाञ्चलले पश्चिमाञ्चललाई ६६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चलले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनायो । रोमा थापाले ५२ र रश्मी चौलागाइले २० रन जोडे ।
पुर्वाञ्चलकोलागी कबिता गौचनले ४ र संगीता राइले ३ विकेट लिदा पश्चिमाञ्चल १५ ओभरमा ३८ रनमा सबै विकेट गुमाउन पुगयो ।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]