2 years ago
October 2, 2022
एजेन्सी – क्रिकेट मैदानमा कहिँले काहिँ अप्रत्याशित घटनाहरु देखिन्छन् । त्यस्तै भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टि२० आई खेलमा सपै मैदान छिरेपछि केहि समय खेल नै रोकिएको छ । गुवाहाटीमा भारतले टस हारेर पहिला ब्याटिङ गरि रहेको छ ।
आठौं ओभर सुरु हुनेक्रममा सर्प मैदान छिरेपछि खेल केहि समय रोकिएको थियो । उक्त सर्पलाई मैदानका कर्माचारी र अम्पायर मिलेर भगाएका थिए । दक्षिण अफ्रिका क्विन्टन डि ककले सर्पलाई देखाउँदै लोकेश राहुललाई भने जिस्काएका थिए । केहि समय लगाएर मैदानका कर्माचारीले सर्पलाई लखेटेपछि मात्रै खेल पुनः सुरु भएको थियो ।
भारतले ११ ओभरमा १ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ । भारतका लोकेश राहुल २६ बलमा ५ चौका र ४ छक्कासहित ५६ रनमा अविजित छन् । रोहित शर्मा ३७ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । पहिलो विकेटका लागि रोहित र राहुलले ९.५ ओभरमा ९६ रनको साझेदारी गरेका थिए ।
दक्षिण अफ्रिकाले आजको खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तबरेज शाम्सीको स्थानमा तीव्र गतिका बलर लुन्गी एनगिडीलाई मौका दिएको छ । दक्षिण अफ्रिका चार तीव्र गतिका बलरका साथ मैदान उत्रने भएको छ । यता भारतले भने टोलीमा कुनै परिवर्तन नगरेको कप्तान रोहित शर्माले जनाएका छन् ।
खेल तीन टि२० आई खेलको हुनेछ । टि२० विश्वकप अघि भारतको यो अन्तिम टि२० आई सिरिज समेत हो । भारत पहिलो टि२० खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई खेल पनि हुनेछ ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), अक्षर पटेल, रविचन्द्रन आश्विन, हर्षल पटेल, दीपक चाहर र अर्शदीप सिंह ।
दक्षिण अफ्रिकाको प्लेइङ ११ :
क्विन्टन डि कक, टेम्बा बभुमा (कप्तान), राइली रोसोउ, एडेन माक्ररम, डेविड मिलर, ट्रिस्टन स्टब्स, वेन पार्नेल, कागिसो रबाडा, केशव महाराज, एनरिच नोर्किया र लुन्गी एनगिडी ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]