default_image

2 years ago

October 1, 2022

साल्टको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डको सानदार जित

103 views

0 Bookmark

एजेन्सी – ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले छैटौं टि२० आई खेलमा पाकिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिज ३–३ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर फिलिप साल्टले ४१ बलमा १३ चौका र ३ छक्कासहित ८८ रनको विष्फोटक इनिङ खेले । उनको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । उनले १९ बलमानै अर्धशतक हानेका थिए ।

बेन डकेट १६ बलमा ४ चौकासहित २६ रनमा अविजित रहे । ओपनर एलेक्स हेल्स १२ बलमा ४ चौका र १ छक्कासहित २७ रन जोड्दै आउट भए । डेविड मलान १८ बलमा ५ चौकासहित २६ रनमा आउट भएका थिए ।

पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा इंग्ल्यान्डले ८२ रन जोडेको थियो । पाकिस्तानका स्पिनर शादब खानले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा अविजित रहे ।

बाबरको यो २७ औं टि२० आई अर्धशतक हो । टि२० आई करिअरको ३ हजार रन पूरा गरेका छन् । उनले ८१ इनिङमा तीन हजार पूरा गरेका हुन् ।

बाबरले टि२० आईमा सर्वाधिक तीन हजार रन पूरा गर्ने विश्व कीर्तिमान भारतीय ब्याटर विराट कोहलीसँग बराबरी गरेका छन् । कोहलीले पनि ८१ इनिङमै पूरा गरेका थिए । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १ सय १, भारतका रोहित शर्माले १ सय ८ र आयरल्यान्डका पउल स्टर्लिङले १ सय १३ इनिङमा तीन हजार रन पूरा गरेका थिए । समग्रमा टि२० आईमा बाबर तीन हजार पूरा गर्ने पाकिस्तानका पहिलोे र विश्वका पाँचौं खेलाडी हुन् ।

पाकिस्तानले आजको खेलमा ओपनर मोहम्मद रिजजानको स्थानमा मोहममद हरिसलाई डेब्यू दिएको थियो । हरिस रिचर्ड ग्लेसनको बलमा ७ रनमा क्याच भए । डेविड विल्लीले शन मकसुदलाई शून्यमा एलबीडब्लू आउट गरे ।

तेस्रो विकेटका लागि बाबर र हैदर अलीले ३२ बलमा ४७ रनको साझेदारी गरे । हैदर अली १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भए । इफ्तिखार अहमद २१ बलमा २ चौका र २ छक्कासहित ३१ र आसिफ अली ९ रनमा आउट भए । मोहम्मद नवाजले १२ रनमा आउट भए ।

इंग्ल्यान्डका साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । रिस टोप्ली र रिचर्ड ग्लेसनले एक एक विकेट लिए । निर्णायक खेल आइतबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.