8 years ago
December 23, 2016
दीपेन्द्र पोखरेल (हाम्रोखेलकुद)- मोरङको बैझनाथपुर खेल मैदानमा जारी ७औ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रीकेटको पहिलो खेलमा सशस्त्र प्रहरी बल विजयी भएको छ। एपीएफले मध्य पश्चिमाञ्चलाई २६ रनले पराजित गरेको थियो।
केही बेर अगी मात्र सम्पन्न भएको खेलमा मध्य पश्चिमाञ्चले टस जित्दै बलिङ गर्ने निर्णय लिएको थियो। सुरुमा ब्याटिङ गरेको एपिएफले पुर २० ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनाएको थियो। एपीएफका लागि सन्दिप सुनारले सर्बाधिक ५१ रन बनाएका थिए भने कप्तान पारस खड्काले २६रन जोडेका थिए।
१४६ रनको लक्ष्य लिएर मैदानमा उत्रेको मध्यपश्चिमाञ्चलले निर्धारित २० अाेभरमा १ सय १९ रन बनाउदै २६ र न को पराजय बेहोरेको हो। पराजित टिमका लागि प्रनित थापाले सर्बाधिक ४० रन बनाएका थिए।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]