default_image

2 years ago

September 20, 2022

भारतमाथि अष्ट्रेलियाको सानदार जित

119 views

0 Bookmark

एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रिन र विकेटकिपर म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतमाथि चार विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनमा आउट भए । म्याथ्यु वेड २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा रनमा अविजित रहे ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम १८ बलमा ४० रन चाहिँएको थियो । १८ औं ओभरमा हर्षल पटेललाई म्याथ्यु वेडले दुई र डेब्यू खेल खेलेका टिम डेविडले एक छक्का गरि कुल २२ रन प्रहार गरेपछि बाँकी १२ बलमा जितको लागि मात्र १८ रन चाहिएको थियो । म्याथ्युवेडले १९ औं ओभरको अन्तिम तीन बलमा भुवनेश्वर कुमारलाई लगातार तीन चौका हानेपछि अन्तिम ६ बलमा दुई रन चाहिँएको थियो ।

पहिलो बलमा युजभेन्द्र चहलले टिम डेविडलाई लङअफमा हार्दिक पान्ड्याबाट १८ रनमा क्याच गराए । अष्ट्रेलियाको लागि पहिलो खेल खेलेका डेविडले १४ बलमा १ चौका र १ छक्का हाने । प्याट कमिन्सले दोस्रो बलमा चौका हान्दै जित पक्का गराए । छैटौं विकेटका लागि टिम डेविड र म्याथ्यु वेडले ३० बलमा ६२ रनको साझेदारी गरेका थिए ।


अष्ट्रेलियालाई कप्तान आरोन फिन्च र क्यामरन ग्रिनले सानदार सुरुवात दिलाए । फिन्चले आक्रामक सुरुवात दिलाउँदै १३ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा बोल्ड भए । उनी स्पिनर अक्षर पटेलको बलमा बोल्ड भए ।

दोस्रो विकेटका लागि स्टिभ स्मिथ र क्यामरन ग्रिनले ४० बलमा ७० रनको उत्कृष्ट साझेदारी गरे । क्यामरन ग्रिन अक्षर पटेलको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर विराट कोहलीबाट क्याच आउट भएका थिए । टि२० आई करिअरको दोस्रो खेल खेलेका ग्रिनले पहिलो १० ओभर पुरै अष्ट्रेलियालाई हाबी बनाए ।

ग्रिनले ब्यक्तिगत ४२ रनमा जीवनदान पाएका थिए । हार्दिक पान्ड्याको आठौं ओभरको तेस्रो बलमा अक्षर पटेलले डिप मिडविकेटमा क्याच ड्रप गरेका थिए । १२ औं ओभरमा उमेश यादवले दुई महत्वपूर्ण विकेट लिए । तेस्रो बलमा स्टिभ स्मिथ एज लागेर विकेटकिपर दीनेश कार्तिकबाट ३५ रनमा आउट भए ।

भारतले रिभ्यु लिँदै स्मिथलाई आउट गरेको थियो । उमेश यादवले अन्तिम बलमा ग्लेन म्याक्सवेलाई एक रनमा कट बिहाइन्ड गराउँदै भारतलाई महत्वपूर्ण विकेट दिलाएका थिए ।

अक्षर पटेलले जोश इंग्लिसलाई १७ रनमा बोल्ड गरे । इंग्लिसले १० बलमा ३ चौकासहित १७ रनमा आउट भए । भारतका अक्षर पटेलले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । उमेश यादवले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्या ३० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । हार्दिकले २५ बलमा अर्धशतक पूरा गरेका थिए । हार्दिकको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो ।

अन्तिम ओभरको अन्तिम तीन बलमा हार्दिकलले क्यामरन ग्रिनलाई लगातार तीन छक्का हान्दै विशाल योगफलमा पुर्याए । ओपनर लोकेश राहुल ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । सुयूकुमार यादव २५ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र सूर्यले ४२ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको तेस्रो ओभरको चौथो बलमा डिप मिडविकेटमा रोहित शर्मा ११ रनमा नाथन एलिसबाट क्याच आउट भए । मध्य गतिका बलर नाथन एलिसको बलमा लङअनमाथि छक्का हान्न खोजेका विराट कोहली मिडअनमा क्यामरन ग्रिनलाई २ रनमा सहज क्याच दिए ।

जोश हेजलवुडको १२ औं ओभरको पाँचौं बलमा राहुल डिप स्क्पायर लेगमा क्याच आउट भए । एलिसको बलमा सूर्य एज लागेर विकेटकिपर म्याथ्यु वेडबाट क्याच भएका थिए । १९ औं ओभरको पहिलो बलमा एलिसले दीनेश कार्तिकलाई ६ रनमा एलबीडब्लू आउट भए । अक्षर पटेल ६ रनमा आउट भए । हर्षल पटेल ७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रिनले एक एक विकेट लिए । दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.