default_image

2 years ago

September 20, 2022

टिम डेविडको अष्ट्रेलिया क्रिकेट टोलीमा डेब्यू, पन्त र बुमराह बेन्चमा

138 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाबीच तीन टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मोहालीमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । अष्ट्रेलियाले टिम डेविडलाई डेब्यू दिएको छ । सिंगापुरबाट उनले टि२० आई खेल भने खेलि सकेका छन् ।

अष्ट्रेलियाबाट मौका नपाएपछि डेविडले २०१९ मा सिंगापुरबाट क्रिकेट खेलेका थिए । जसक्रममा टि२० विश्वकप एसिया छनोटमा डेविडले नेपालविरुद्ध ७७ रनको इनिङ खेल्दै नेपालको टि२० विश्वकप सपना समाप्त पारेका थिए । सिंगापुरबाट उनले १४ टि२० आई खेलेका छन् । २६ वर्षीय उनले हालसम्म १ सय २२ टि२० खेलमा १६४.१७ को स्ट्राइकरेटमा ११ अर्धशतकसहित कुल २ हजार ६ सय ४० रन बनाएका छन् ।

भारतले भने विकेटकिपर ऋषभ पन्त र तीव्र गतिका बलर जस्प्रित बुमराहलाई बेन्चमा राखेको छ । बुमराहलाई भारतले विश्राम दिएको छ । विकेटकिपरमा दीनेश कार्तिकलाई मैदान उतारेपछि पन्त बेन्चमा बसेका हुन् ।

दुबै टोली विश्वकप अघि अन्तिम तयारीमा छन् । घरेलु टोली भारत एसिया कपको सुपर फोरबाटै बाहिरिएपछि चर्को आलोचना खेप्दै आएको छ । भारत एसिया कपमा देखिएको मध्यक्रम, फिनिसिङ र बलिङ आक्रामण समस्या सुधारमा ध्यान दिनेछ । अष्ट्रेलिया भारतलाई हराउँदै उच्च मनोबलका साथ टि२० विश्वकप खेल्न स्वदेश फर्किने सोचमा छ ।

ओपनरमा कप्तान आरोन फिन्च र जोश इंग्लिसले गर्नेछन् । डेविड वार्नर भने चोटका कारण भारत भ्रमणमा छैनन् । कप्तान फिन्च खराब प्रदर्शनको कारण आलोचनामा पर्दै आएका छन् । फिन्च पनि आफ्नो लय फर्काउन चाहन्छन् । तेस्रो नम्बरमा स्टिभ स्मिथ खेल्नेछन् । स्मिथको भूमिका निकै महत्वपूर्ण हुनसक्छ ।

हेड टु हेड ः भारत र अष्ट्रेलियाबीच टि२० आईमा कुल २३ खेल भएका छन् । भारत १३ खेलमा जित र ९ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा भारत २ मा विजयी र ३ खेलमा पराजित भएको छ । २०२० डिसेम्बरपछि भारत र अष्ट्रेलियाबीच पहिलो टि२० आई खेल हुँदैछ ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, दीनेश कार्तिक (विकेटकिपर), अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, उमेश यादव र युजभेन्द्र चहल ।

अष्ट्रेलियाको प्लेइङ ११ :

आरोन फिन्च (कप्तान), क्यामरन ग्रिन, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोश इंग्लिस, टिम डेविड, म्याथ्यु वेड, प्याट कमिन्स, नाथन एलिस, एडम जाम्पा र जोश हेजलवुड ।

September 17, 2024

नामिबिया घरमै अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । नामिबियाले विन्डोहकमा दिएको २ सय रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साइतेजा मुककामल्ला […]

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

Success

Thank you for your time.