default_image

2 years ago

September 20, 2022

नामिबियाको कीर्तिमानी जितसँगै नेपाललाई घाटा

173 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीमाथि १ सय ६७ रनको कीर्तिमानी जित हात पारेपछि नेपाललाई घाटा लागेको छ । यो नामिबियाले ओडिआईमा हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो ।

जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४२.४ ओभरमा १ सय १७ रनमा अल आउट भयो । पपुवा न्युगिनीका नर्मन भानुवाले ६८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । हिरी हिरी १३, चाल्र्स अमिनी २७ र चाद सोपर १२ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नामिबियाका स्पिनर बेर्हार्ड स्कोल्ट्जले १० ओभरमा ४ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । ज्यान फ्रेलिंक र ज्यान निकोल लोफ्टीले दुई दुई विकेट लिए ।

त्यसअघि अमिनी पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ८४ रन बनायो । नामिबियाका माइकल भान लिंगेनले १ सय ७ बलमा १३ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १९ रनमा अविजित रहे । २४ वर्षीय माइकलको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।


कप्तान जेरार्ड इरास्मस ५५ बलमा ५ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । पपुवा न्युगिनीका नर्मन भानुवाले सर्वाधिक तीन विकेट लिए । ओडिआईमा नामिबियाको यसअघि सर्वाधिक ठूलो रनको जित अन्तर २०१९ मा ओमानविरुद्ध १ सय ४५ रन थियो ।

नामिबियाको जितले भने नेपाललाई घाटा लाग्नेछ । शीर्ष तीन टोली सोझै आगमी वर्ष हुने एकदिवसिय ग्लोबल विश्वकप छनोट खेल्न पाउनेछन् । त्यस्तै शीर्ष पाँचमा रहने टोलीले ओडिआई मान्यता पाउने बुझिएको छ । अव नेपाललाई नामिबिया, युएई र अमेरिकाको हारले नै फाइदा पुग्नेछ । यी तीन टोलीको जितले नेपाललाई घाटा लाग्नेछ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित सहित ४४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड २८ खेलमा १९ मा जित र ७ मा हारसहित ४० अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डको जितले भने नेपाललाई नै फाइदा पुग्छ । अमेरिका ३२ खेलमा १३ मा जित र १६ मा हारका साथ २९ अंक जोड्दै तेस्रो स्थानमा छ । अमेरिकाले बाँकी चार खेल नै हार्दा नेपालले उसलाई पछि पार्ने सम्भावना धेरै रहन्छ ।

युएई २६ खेलमा १२ मा जित र ११ मा हारका साथ २७ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया २१ खेलमा १२ मा जितका साथ २४ अंक जोड्दै पाँचौं स्थानमा छ । नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी सबै खेल जित्नुपर्छ । शीर्ष पाँचमा अट्न कम्तिमा ८ खेल भन्दा बढी जित्नुपर्छ ।

पपुवा न्युगिनी २३ खेलमा २ मा जित र ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले बाँकी सबै खेल जित्दा ३१ अंक मात्र हुन्छ । अहिले पाँच अंक मात्र हुँदा र १३ खेल खेल्न बाँकी हुँदा पपुवा न्युगिनीको हारले भने नेपाललाई नै घाटा लाग्नेछ ।

पपुवा न्युगिनीको जितले नेपाललाई अंक तालिकामा माथिउठ्न फाइदा पुग्नेछ । नेपालले अव नोभेम्बरमा नामिबियामा स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

December 19, 2024

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

Success

Thank you for your time.