default_image

2 years ago

September 17, 2022

धादिङ क्रिकेट लिग हुने

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघले असोज अन्तिममा धादिङ टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । धादिङले प्रतियोगिता असोज २८ देखि ७ गतेसम्म विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।

गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो ।

‘धादिङका गाउँ गाउँमा रहेका प्रतिभा ल्याउने हाम्रो मुख्य उदेश्य हो । जिल्लामा थुप्रै प्रतिभा भएपनि खेल नहुँदा माथि आउन सकेका छैनन् । पहिला हामीले क्लब स्तरिय गरेका थियौं । तर अहिले पालिका स्तरिय हुनेछ’, जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कंडेलले हाम्रो खेलकुदसँग भने ।

उनले क्लब क्रिकेट गर्दा टोली धेरै हुँदा समस्या भएको बताए । ‘यसअघि क्लब क्रिकेट गर्दा सहभागी टोली संख्या धेरै थियो । खेलाडीमा समस्या पनि देखियो । त्यसैले अन्तरपालिका गर्ने निर्णय गरेका थियौं । यसमा हरेक पालिकाले आफ्नो टिममा लगानी पनि गर्दछन् । १३ स्थानीय तह मध्य ८ सहभागी हुनेपक्का छ । अरु स्थानियतहपनि सहभागी हुने आशा राखेका छौं’, उनले भने ।


गत चैतमा धादिङले नेपाली क्रिकेट टोलीका ओपनर सुवास खकुरेल सम्मिलित काभ्रेपलान्चोकलाई हराउँदै चितवनमा सम्पन्न जारी प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगिता फाइनलमा पुगेको थियो । त्यो कुनैपनि क्रिकेट प्रतियोगितामा धादिङले खेलेको पहिलो फाइनल थियो । फाइनलमा मकवानपुरसँग पराजित हुँदै अकोे इतिहास रच्न चुकेको थियो ।

‘बागमती प्रदेश स्तरियमा हामी दोस्रो भयौं । यसले धादिङमा क्रिकेट प्रतिभा कस्तो छ प्रष्ट हुन्छ । हामी राजधानीसँग नजिक भएपनि क्रिकेटमा अलि पछिनै छौं । पछिल्लो समय क्रिकेटको लोकप्रियता बढ्दै गएको छ । अव हुने प्रतियोगिताले अझै प्रतिभा बाहिर आउने र आर्कषण बढ्ने अपेक्षा गरेका छौं’, कंडेलले भने ।

बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा धादिङ दोस्रो भएपछि बेनिघाट रोराङ गाउँपालिकाले संघलाई ५० हजार र खेलाडीलाई जनही २५ हजार रुपैया प्रदान गरेको थियो ।


‘यो लगत्तै एकदिवसिय खेलको पनि प्रस्ताव गरेका छौं । त्यसपछि स्तरिय प्रशिक्षक लिएर खेलाडीलाई अभ्यास गराउने छौं । यू–१९ को पनि प्रतियोगिता गर्दै टिम निर्माण गर्ने सोचमा छ । अहिले धादिङ हाइवेमा भएरपनि पछि परेको छ । तरकारिको लागि चिनिन्छ । तर तर आगमी ५–१० वर्षमा धादिङलाई हामी क्रिकेटको शहरको रुपमा चिनाउन चाहन्छौं’, अध्यक्ष कंडेलले भने ।

धादिङ नेपाल क्रिकेट संघको मान्यता प्राप्त सदस्यको लागि प्रक्रियामा छ । हालसम्म भने तर्दर्थ समितिको रुपमै काम गरेको छ । पछिल्लो समय लगतार सक्रिय रहेको धादिङले क्यानबाट सदस्यता पाउने सम्भावना बलियो बन्दै गएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशको बन्द प्रशिक्षणमा ४८ खेलाडी बोलाउँदा धादिङका पाँच खेलाडी परेका थिए ।

धादिङका ब्याटर स्विपनिल अधिकारी, अमृत थापा, श्याम त्रिपाठी, कौशल रुपाखेती र उज्ज्वल थापा थिए । अमृत धादिङका प्रमुख ब्याटर हुन् । युवा ब्याटर अमृत र स्विपनिल ठूलो सम्भावना बोकेका युवा ब्याटरमा पर्दछन् ।

स्विपनिल अधिकारीले गतवर्ष बागमती प्रदेशबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेलेका थिए । विकेटकिपर समेत रहेका अधिकारीले मधेश प्रदेशविरुद्ध ८३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए ।

यो पनि : एकै मैदानमा क्रिकेटर बुवा र कप्तान छोरा

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.