default_image

2 years ago

September 15, 2022

विश्वकप खेल्ने पाकिस्तानको टोली घोषणा, अफ्रिदी फर्किए

133 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले अर्को महिना अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी विश्वकप टोलीमा फर्किदा शीर्षक्रमका ब्याटर फखार जमान भने पर्न सकेनन् ।

यसै साता टि२० एसिया कपको फाइनलमा श्रीलंकासँग पराजित भएको पाकिस्तानले टोलीमा शन मकसुदलाई मौका दिएको छ । फखार जमान वैकल्पिक सूचिमा रहेपछि मकसुदलाई मौका दिएको हो । एसिया कपमा भने पाकिस्तानको ब्याटिङ राम्रो हुन सकेन । प्रमुख ब्याटर तथा कप्तान बाबर आजम फ्लप भएपछि ब्याटिङ कमजोर देखिएको थियो ।

पाकिस्तानले टोलीमा चाहेको खण्डमा भने आगमी अक्टोबर १५ पछि टोलीमा परिवर्तन भने गर्न सक्छ । त्यस्तै तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर पनि फर्किएका छन् । जुनियर र अफ्रिदीले एसिया कप घुमाएका थिए ।

अफ्रिदी, जुनियर, नसिम शाह, मोहम्मद हसनैन र हरिस रौफ तीव्र गतिका बलरको रुपमा छन् । बायाँ हाते वर्तमान समयका उत्कृष्ट बलर अफ्रिदीको आगमनले पाकिस्तानको बलिङ झनै मजबुत बनेको छ । पाकिस्तानले २० सेप्टेम्बरदेखि इंग्ल्यान्डसँग घरेलु मैदानमा ७ टि२० आई सिरिज खेल्नेछ । यस सिरिजको प्रदर्शनले पनि महत्वपूर्ण भूमिका राख्नेछ ।


पाकिस्तान सुपर १२ को समूह २ मा छ । सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

पाकिस्तानले विश्वकपमा पहिलो खेल २३ अक्टोबरमा मेलर्बनमा भारतसँग खेल्नेछ । २७ अक्टोबरमा समूह बी को विजेता, ३० अक्टोबरमा समूह ए को उपविजेता, ३ नोभेम्बरमा दक्षिण अफ्रिका र ६ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तान गतवर्ष टि२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तानले सन् २००९ को टि२० विश्वकप जितेको थियो । २००७ को विश्वकपमा पाकिस्तान भारतसँग ५ रनले पराजित भएको थियो । यी दुई बाहेक अन्यमा भने फाइनलमा पुग्न सकेको छैन । बाबर आजम, रिजवान र अफ्रिदीको प्रदर्शन धेरै निर्भर रहनेछ ।

पाकिस्तानको विश्वकप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद हसैनन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शन मकसुद र उस्मान कादिर ।

भ्रमण वैकल्पिक खेलाडी : फखार जमान, मोहम्मद हरिस र शहनवाज धानी ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

January 5, 2025

जय ट्रफी एलिट कप – पहिलो दिन पुलिस शीर्षमा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ । तर, […]

January 5, 2025

सन्दीपको ५ विकेटमा मधेश सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको ५ विकेट लिए पछि मधेश प्रदेश सस्तैमा समेटिएको छ । आइतवार सुरु भएको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल […]

January 5, 2025

ललितको ७ विकेटमा आर्मी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल‌ पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ । जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो । एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न […]

Success

Thank you for your time.