2 years ago
September 15, 2022
एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ७९ रनको लज्जास्पद हार बेहोरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ३१.५ ओभरमा ९७ रनमा अल आउट भयो ।
अमेरिकाका आरोन जोन्सले ७६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा आउट भए । स्टिभ टेलर ११ र गजानन्द सिंह १५ रनमा आउट भए । नामिबियासँग लज्जास्पद ब्याटिङ गर्नेक्रममा अमेरिकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका जान फ्रिलिंकले ६ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । बेर्नार्ड शोल्ट्जले ८.५ ओभरमा ४ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए । जान निकोलले दुई विकेट लिए ।
त्यसअघि अमिनी पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४८.३ ओभरमा १ सय ७६ रनमा अल आउट भयो । नामिबियाका ओपनर डिभन ला कुकले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।
स्टेफन ब्राड २५, जेरार्ड इरास्मसले २७ र ज्यान फ्रिलिंक २२ रनमा आउट भए । अमेरिकाका सौरभ नेत्रवालकर, स्टिभ टेलर र नाषुतोश केन्जिगेले दुई दुई विकेट लिए ।
नामिबिया १९ खेलमा १० बलमा जित र ९ मा हारसहित २० अंक जोड्दै पाँचौं स्थानमा छ । अमेरिका ३१ खेलमा १३ मा जित र १५ मा हारका साथ २९ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपाल २० खेलमा ८ मा जित, ११ मा हार र एक टाईसहित १७ अंक जोड्लै छैटौं स्थानमा छ ।
अंक तालिका :
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकको सहयोगमा सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि […]
December 18, 2024
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो । प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीजमा १-० को अग्रता बनाएको छ ।