default_image

2 years ago

September 15, 2022

टि२० विश्वकप गुमाउने पाँच विश्व स्टार

167 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२२ आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ । सबै टोलीले विश्वकपको तयारी अन्तिम अन्तिम चरणमा पुर्याएका छन् । विश्वकप खेल्ने टोलीले आफ्नो अन्तिम टोली घोषणा गर्न थालेका छन् ।

तर घोषणा टोलीमा केहि प्रमुख खेलाडी भने छैनन् । केहि खेलाडी चोट र केहि खेलाडी टोलीको रणनीतिको कारण टि२० विश्वकप गुमाउने भएका हुन् । प्रमुख खेलाडी नै नहुँदा कतिपय टोली समस्यामा परेका छन् ।

उपाधि दाबेदार भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका लगायतले विश्वकप खेल्ने टोली घोषणा गर्दा प्रमुख खेलाडी छैनन् । टि२० विश्वकप २०२२ गुमाउने प्रमुख पाँच विश्व स्टार यस प्रकार छन् ।

५.महमुदूल्लाह रियाद (बंगलादेश)

बंगलादेशका स्टार अलराउन्डर महमुदूल्लाह रियाद विश्वकप टोलीमा पर्न सकेनन् । पूर्व कप्तान समेत रहेका महमुदूल्ला चोट नभएर टोलीको रणनीतिको कारण टिममा नपरेका हुन् ।

महमुदूल्लाहलाई बंगलादेशले एसिया कपअघि टि२० कप्तानबाट हटाएको थियो । पछिल्लो समय महमुदूल्लाह र बंगलादेश क्रिकेट बोर्डबीच चिसो सम्बन्ध रहेको बुझिएको छ । उनले १ सय २१ टि२० आई खेलमा २ हजार १ सय २२ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् ।

४. रविन्द्र जडेजा (भारत)

भारतका प्रमुख स्पिनर अलराउन्डर रविन्द्र जडेजा भने चोटका कारण टोलीमा छैनन् । जडेजाले एसिया कपको समयमा घाइते हुँदा घुँडाको शल्यक्रिया गराएका छन् । जसको कारण जडेजाले भारतीय टोलीमा स्थान बनाउन सकेनन् ।

उनी नहुँदा भारतको रणनीतिमै असर पर्ने देखिन्छ । जडेजा तल्लोक्रममा राम्रो ब्याटिङ, उत्कृष्ट फिल्डर र स्पिनर हुन् । ब्याट र बल मात्र नभएर फिल्डिङ मार्फत खेल मोड्न सक्ने खुबी भएका ब्याटर हुन् । जडेजा घाइते भएपछि भारतले दीपक हुडालाई विश्वकप टोलीमा मौका दिएको छ ।

३. रास्सी भान डर डुसेन (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका प्रमुख मध्यक्रमका ब्याटर रास्सी भान डुसेन चोटका कारण टोलीमा छैनन् । ३३ वर्षीय डुसेनले ४१ टि२० आई खेल खेलेका छन् । उनी मध्यक्रमका भरपर्दा र म्याच विनर ब्याटर हुन् ।

उनी नहुँदा दक्षिण अफ्रिकाको मध्यक्रम केहि कमजोर बन्ने देखिन्छ । गतवर्ष टि२० विश्वकपमा इंग्ल्यान्डलाई हराउन डुसेनले ६० बलमा ६ चौका र ५ छक्कासहित ९४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

गत जुनमा भारतविरुद्ध २ सय १२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस खेलमा डुसेनले ७५ रनको इनिङ खेलेका थिए । तर उनी बायाँ हातको कुममा चोट लागेपछि बाहिरिनु पर्यो ।

२. जोनी बेयरस्टो (इंग्ल्यान्ड)

इंग्ल्यान्डका प्रमुख ब्याटर जानी बेयरस्टो पनि विश्वकप टोलीबाट बाहिरिएका छन् । उपाधि दाबेदार बेयरस्टो गल्फ खेल्नेक्रममा खुट्टामा चोट लागेको थियो ।

उच्च लयमा रहेका बेयरस्टो नहुँदा इंग्ल्यान्डको ब्याटिङ केहि कमजोर बन्नेछ । इंग्ल्यान्डले बेयरस्टोको स्थानमा तीन वर्षपछि एलेक्स हेल्सलाई मौका दिएको छ । बेयरस्टोले ६६ टि२० आई खेलमा ८ अर्धशतक सहित १ हजार ३ सय ३७ रन बनाएका छन् ।

गत जुलाईमा मात्र दक्षिण अफ्रिकाविरुद्ध बेयरस्टोले ५३ बलमा ३ चौका र ८ छक्कासहित ९० रनको इनिङ खेलेका थिए । विकेटकिपर ब्याटर समेत रहेका बेयरस्टो ओपनिङ देखि मध्यक्रमसम्म खेल्ने गर्दथें ।

१.आन्द्रे रसेल (वेस्टइन्डिज )


दुई पटकका विश्वकप च्याम्पियन आन्द्रे रसेललाई वेस्टइन्डिजले टोलीबाट बाहिर राखेको छ । रसेलले अन्तिम पटक टि२० विश्वकप खेलेका थिए । विष्फोटक ब्याटिङ अलराउन्डर रसेल र मुख्य प्रशिक्षक फिल सिमन्सबीचको सम्बन्ध राम्रो नहुँदा नपरेको बुझिएको छ ।

२०१६ को सेमिफाइनलमा भारतलाई हराउँदै रसेलले उत्कृष्ट अन्त्य गरेका थिए । वेस्टइन्डिजले २०१२ र २०१६ को टि२० विश्वकप उपाधि जित्दा रसेल टोलीका सदस्य थिए ।

रसेल विष्फोटक ब्याटिङसँगै मध्य गतिमा बलिङ गर्ने गर्दछन् । रसेलले ६७ टि २० आई खेलमा १५६ को स्ट्राइकरेटमा ७ सय ४१ रन बनाउनुको साथै ३९ विकेट लिएका छन् । ब्याटिङमा एकै ओभरमा खेल मोड्न सक्ने खुबी भएपनि उनी विश्वकपको टोलीमा नपरेका हुन् ।

यो पनि : विश्वकप टोलीमा नभएका भारतका पाँच स्टार

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

Success

Thank you for your time.