default_image

2 years ago

September 15, 2022

खेल रद्दसँगै आर्मी फाइनलमा

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा फाइनलमा पुगेको छ । टियु क्रिकेटमा बिहीबार हुनुपर्ने पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमसँगको खेल भिजेको आउटफिल्डको कारण खेल हुन नसक्ने भएपछि आर्मी समूह ए को विजेताको कारण फाइनलमा पुगेको हो ।

खेल बिहान ९ : १५ मा टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर बुधबार राती परेको वर्षाको कारण आउटफिल्ड भिजेपछि खेल रद्द हुन पुगेको हो । ‘खेल खेल्न योग्य नभएपछि पहिलो खेल रद्द भएको छ । आर्मी समूह विजेता भएको कारण फाइनलमा पुगेको छ’, म्याचरेफ्री समिर खानले हाम्रो खेलकुदसँग भने ।

अम्पायरले साढे ११ मा मैदान निरिक्षण गर्दै दुबै टिमका कप्तान विनोद भण्डारी र राजु रिजालको सहमतीमा खेल नहुने घोषणा गरेका हुन् ।

आर्मीले समूह ए मा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । पुलिससँगको जित आर्मीको लागि निर्णायक बन्यो ।

दास्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र एनआरएनए नेपालबीच हुँदै छ । यदि यस खेल रद्ध भए एनआरएनए नेपाल फाइनलमा पुग्ने छ । फाइनल शुक्रबार हुनेछ ।

समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह बी बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका थिए ।

सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेल अंक बाँड्दै ४ अंकका सेमिफाइनलमा स्थान बनाएको थियो । तर समूह उपविजेताको कारण बाहिरियो ।

सुदूरपश्चिम, बागमती र एपिएफको ४–४ अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियम अनुसार सेमिफाइनलमा पुगेको हो । नियम अनुसार समान अंक भएमा जित हेर्ने गरिन्छ ।

आर्मी ५ खेलमा ३ मा जित र २ खेलमा अंक बाँड्दै ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको थियो । पुलिस ५ खेलमा २ मा जित, एकमा हार र २ मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कर्णाली ५ खेलमा २ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ६ अंक भएपनि नेटरनरेटको कारण बाहिरिएको हो ।

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

Success

Thank you for your time.