2 years ago
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना गर्ने भनिएको नेपाल टि२० लिग सरेको छ । नेपाल टि२० लिग असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने तालिका थियो । तर क्यानले एक प्रेस विज्ञप्ति मार्फत आगमी डिसेम्बर २०२२ सम्मलाई सरेको जनाएको छ ।
क्यानले गृह मन्त्रालयसँग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीबसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थापन गर्न माग गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभासदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि विभिन्न कार्यक्रम गर्नुपर्ने भएकोले त्यसपछि गर्न आग्रह गरेको थियो ।
त्यसैलाई देखाउँदै डिसेम्बरलाई सम्म स्थगित गरेको क्यानले जनाएको छ । क्यानले विदेशी खेलाडीलाई अतिरिक्त सुरक्षामाग गरेको थियो । निर्वाचन आगमी मंसिर ४ गते हुँदैछ । आइतबारमात्र ड्राफ्टमार्फत सबै टोलीले खेलाडी अनुबन्ध गरेका थिए । काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।
प्रतियोगितामा ६७ नेपाली खेलाडी र ३३ विदेशी खेलाडी अनुबन्ध भएका थिए । ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेगका खेलाडी १० लाख र सी ग्रेडका खेलाडीले ५ लाख पाउने बताइएको थियो ।
नेपाल टि२० लिगका टोलीहरु :
काठमाडौं गोर्खाज :
विदेशी खेलाडी : थिसारा परेर (ए), दर्शनप्रिया विराकोडी (बी), धनन्जय दे सिल्भा (बी), कामिन्डु मेन्डिस (सी), विरानदीप सिंह (बी)
ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)
पोखरा एभेन्जर्स :
विदेशी खेलाडी : मोहमद हफिज (ए), सेकुगे प्रसन्ना (बी), निरोशन डिकवेला (बी), सलमान इर्शाद (सी), शेहान मधुशंका (सी)
आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) ।
विराटनगर किंग्स :
विदेशी खेलाडी : एन्जेलो म्याथ्युज (ए), जोशुआ पर्सौद (बी), आन्द्रे मक्कार्थी (बी), गौरान्शु शार्मा (सी), मिनोद रानासिंघे (सी), किओन योसेफ (सी)
रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) ।
लुम्बिनी अल स्टार्स :
विदेशी खेलाडी : बेन कटीङ (ए), रह्किम कर्नवाल (बी), प्याट ब्राउन (बी), विपुल शर्मा (सी), लहिरु मिलान्था (सी), नुवान थुसारा (सी)
दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)
जनकपुर रोयल्स:
विदेशी खेलाडी : एडम लिथ (ए), ट्रेभन ग्रिफिथ (बी), इब्राहिम जद्रान (बी), राज नन्नान (सी), सुभासिंघे प्रियंजन (सी)
सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) ।
फार वेस्टर्न युनाइटेड :
विदेशी खेलाडी : कार्लोस ब्रेथवेट (ए), दुशान हेमान्था (सी), पुलिना थरंगा (सी), जेसन मोहमद (सी), अल्लाह घजन्फार (सी), जिया उल रहमान (सी)
करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी) ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]