default_image

2 years ago

September 14, 2022

नेपाल टि२० : विदेशी खेलाडीको कागजी प्रक्रिया सुरु

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगका लागि विदेशी खेलाडीको कागजी प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ ।

नेपाल टि २० अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणमा ३३ विदेशी खेलाडीलाई ६ टोलीले छनोट गरेका थिए । लिगका गर्भनिङ काउन्सिलका सदस्य दुर्गाराज पाठकले विदेशी खेलाडीका लागि कागजी प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् ।

‘छोटो समय भएकाले विदेशी खेलाडीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मा केही समस्या देखिएको हो । त्यो पक्ष हामी समाधान गर्न तर्फ लागेका छौं । श्रम स्वीकृतिको लागि पनि आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं,’ पाठकले भने ।

‘नेपाली खेलाडीको रिलिज र अनुमति पत्र लिने प्रक्रिया सुरु भइसकेको छ । भर्खर ड्राफ्ट सकिएको छ । अब टोलीहरुले खेलाडीको सम्झौता पनि गर्नेछन्’, उनले भने ।

पाठकले छोटो समय भएपनि लिग निर्धारित समयमै हुने जानकारी दिए । ‘लिग सर्ने जस्तो कुनै निर्णय भएको छैन । स्थगित गर्नुपर्ने कारण पनि देखिन्न । सबै निर्णय लिँदा टिमसँग सल्लाह गरेर हुन्छ । हालसम्म त्यस्तो कुनै सोच नै आएको छैन’, पाठकले हाम्रो खेलकुदसँग भने ।

उनले आइसीसीबाट नै मिति लिएको हुनाले त्यस्तो सम्भावना नरहेको बताए । ‘आइसीसीसँग स्वीकृति लिएको प्रतियोगिता हो । क्यानले पनि क्यालेन्डर अनुसार मिति तोकेको हो । अन्तर्राष्ट्रिय खेलाडीको प्रक्रिया नै सुरु भएको छ । सर्ने भन्ने कुनै कुरा नै छैन,’ उनले थपे ।

नेपाल टि२० लिग असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने तालिका रहेको छ । आइतबारमात्र ड्राफ्टमार्फत सबै टोलीले खेलाडी अनुबन्ध गरेका छन् । काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

नेपाल टि२० लिगका टोलीहरु :

काठमाडौं गोर्खाज :

विदेशी खेलाडी : थिसारा परेर (ए), दर्शनप्रिया विराकोडी (बी), धनन्जय दे सिल्भा (बी), कामिन्डु मेन्डिस (सी), विरानदीप सिंह (बी)

ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)

पोखरा एभेन्जर्स :

विदेशी खेलाडी : मोहमद हफिज (ए), सेकुगे प्रसन्ना (बी), निरोशन डिकवेला (बी), सलमान इर्शाद (सी), शेहान मधुशंका (सी)

आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) ।

विराटनगर किंग्स :

विदेशी खेलाडी : एन्जेलो म्याथ्युज (ए), जोशुआ पर्सौद (बी), आन्द्रे मक्कार्थी (बी), गौरान्शु शार्मा (सी), मिनोद रानासिंघे (सी), किओन योसेफ (सी)

रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) ।

लुम्बिनी अल स्टार्स :

विदेशी खेलाडी : बेन कटीङ (ए), रह्किम कर्नवाल (बी), प्याट ब्राउन (बी), विपुल शर्मा (सी), लहिरु मिलान्था (सी), नुवान थुसारा (सी)

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)

जनकपुर रोयल्स:

विदेशी खेलाडी : एडम लिथ (ए), ट्रेभन ग्रिफिथ (बी), इब्राहिम जद्रान (बी), राज नन्नान (सी), सुभासिंघे प्रियंजन (सी)

सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) ।

फार वेस्टर्न युनाइटेड :

विदेशी खेलाडी : कार्लोस ब्रेथवेट (ए), दुशान हेमान्था (सी), पुलिना थरंगा (सी), जेसन मोहमद (सी), अल्लाह घजन्फार (सी), जिया उल रहमान (सी)

करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी) ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.