default_image

2 years ago

September 14, 2022

गण्डकीलाई हराउँदै कर्णालीको सेमिफाइनल सम्भावना कायमै

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दीनेश अधिकारी र अनुज चनारा चम्कदा कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ८ रनले हराउँदै सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

जितको लागि ९४ रनको बलियो लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन बनायो । गण्डकीका सन्दीप क्षेत्रीले ३१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४९ रन बनाए । गण्डकीलाई अन्तिम ६ बलमा २१ रन चाहिँएको थियो ।

पहिलो बलमै प्रकाश जैशीलाई सन्दीपले छक्का हान्दै आशा कायमै राखे । त्यसपछि बाँकी दुई बलमा रन बटुलेनन् । चौथो बलमा चौका हानेपनि बाँकी दुई बलमा ११ रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन मात्र बटुलेपछि जितको सम्भावना टाढिएको थियो ।

अन्तिम बलमा सन्दीप चोभारतर्फ छक्का हान्न खोजेपनि लङअनमा विपिन विक्रम शाहीबाट क्याच हुँदा अर्धशतक बनाउन एक रनले चुके । तीव्र गतिका बलर प्रकाश जैशीले पहिलो ओभरको चौथो बलमा ओपनर ईश्वर क्षेत्रीलाई ८ रनमा कट एण्ड बोल्ड गरे । कप्तान रविन्द्रजंग शाहीले दोस्रो ओभरको अन्तिम बलमा युवा ब्याटर अर्जुन कुमाललाई १ रनमा उत्कृष्ट रन आउट गराए ।

चौथो ओभरको दोस्रो बलमा तीव्र गतिका बलर अनुज चनाराले अनिल गुरुङलाई दीनेश अधिकारीबाट मिडअनमा १४ रनमा क्याच गराए । अनिलले १३ बलमा २ चौका हाने । एक बलपछि चनाराले अभिषेक बस्नेतलाई शून्यमा बोल्ड गर्दै कर्णालीलाई जिततर्फ अघि बढाए । आठौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर दीनेश अधिकारीले दीपक डुम्रेलाई १ रनमा बोल्ड गरे । यसै ओभरको अन्तिम बलमा अमृत गुरुङलाई बोल्ड गर्दै ५१–६ को अवस्थामा पुर्याए ।

दशौं ओभरको चौथो बलमा दीनेशले नै गण्डकीका प्रमुख फिनिसर विपिन खत्रीलाई शून्यमा बोल्ड गरेपछि कर्णाली जित नजिक पुगेको थियो । कर्णालीका दीनेश अधिकारीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । प्रकाश जैशीले ३ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । कर्णालीका प्रकाश जैशीले १५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १९ रनमा क्याच आउट भए । बायाँ हाते ओपनर विपिन रावलले ७ बलमा २ चौकासहित १३ रन बनाए । सुवास ऐरले २० बलमा १ चौकासहित १३ रन जोडे ।

कर्णालीले सुरुवात राम्रो गरेको थियो । अमृतको दोस्रो ओभरको पाँचौ बलमा विपिन एज लागेर अनिल गुरुङबाट क्याच आउट भए । चौथो ओभरको पाँचौं बलमा कप्तान रविन्द्रजंग शाहीलाई स्पिनर अमृतले नै ९ रनमा कटएण्ड बोल्ड गरे । रविन्द्रले ७ बलमाा १ चौका हाने ।

स्पिनर विपिन खत्रीले अर्जुन घर्तीलाई १ रनमा बोल्ड आउट गरे । विपिनको गतिको बल अर्जुनले चाल पाउन सकेनन् । अमृतले आठौं ओभरको पहिलो बलमा ऐरलाई बोल्ड गरे । तीन बलपछि चोभार एण्डतर्फ छक्का हान्ने धुनमा लङअनमा विपिन शाही ७ रनमा विपिन खत्रीबाट क्याच आउट भए ।

तल्लोक्रमका दीनेश अधिकारीले ३ बलमा २ छक्कासहित १२ रन जोडे । सुमित अधिकारीले १६ बलमा १२ रन जोडे । गण्डकीका अमृत गुरुङले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । स्पिनर विपिन खत्रीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर १ विकेट लिए । १२ औं ओभरमा सुवास भण्डारीले दुई छक्का र एक चौकासहित कुल १९ रन खर्चिएका थिए । सुवास भण्डारीले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

कर्णालीलाई समूह ए बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यस खेलमा फराकिलो जित हात पार्नुपर्छ । कर्णाली ५ बलमा २ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ६ अंकका साथ तेस्रो स्थानमा छ । समूह ए मा नेपाल पुलिस क्लब ४ खेलमा २ मा जित र २ खेलमा अंक बाँड्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र २ मा अंक बाँड्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । पुलिसको नेटरनेट ४.१६४, आर्मीको १.८५२ र माइनस ०.९७१ कर्णालीको छ ।

आज दोस्रो खेलमा पुलिसले आर्मीलाई फराकिलो अन्तरले हराएमात्र कर्णाली सेमिफाइनलमा पुग्नेछ । अन्यथा अंक बाँडे वा जितको अन्तर सामान्य रहेमा भने कर्णाली बाहिरिनेछ । समूह बी बाट एनआरएनए नेपाल विजेता र सुदूरपश्चिम उपविजेता रहँदै सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल बिहीबार र फाइनल शुक्रबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.