2 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर सुशन भारीको ह्याट्रिक सहित पाँच विकेटमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित १९ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन जोड्यो । लुम्बिनीका कप्तान कृष्ण कार्कीले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रनमा अविजित रहे ।
सुशन भारीले १५ औं ओभरको सुरुवाती तीन बलमा बसिर अहमद, तुलबहादुर थापा र धनबहादुर शाहीलाई ह्याट्रिक लिएका हुन् । लुम्बिनी भारीको पूर्व घरेलु टोली समेत हो ।
पहिलो बलमा बसिर अहमदलाई हरि चौहानबाट १३ रनमा क्याच आउट गराएका थिए । दोस्रो बलमा तुलबहादुर थापालाई एलबीडब्लू आउट गरे । भारीे शाहीलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । चोभार एण्डबाट भारीले लुम्बिनीको मध्यक्रम धरासय बनाउँदै ह्याट्रिक लिएका थिए ।
लुम्बिनी प्रदेशका ओपनर देव खनाललाई भारीले १३ रनमा स्टम्पिङ आउट गरेका थिए । भारीले विशाल विक्रम केसीलाई डिप मिडविकेटमा कुशल मल्लबाट एक रनमा क्याच गराएका थिए ।
आजकै पहिलो खेलमा मधेश प्रदेशका आदिल अन्सारीले कर्णालीविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिएका थिए । तर मधेश प्रदेश कर्णालीसँग दुई विकेटले पराजित हुन पुग्यो । सन्दीप रजाली १६ बलमा २ चौका र १ छक्कासहित १५ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
आर्मीका सुशन भारीले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । हरि चौहानले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र आकाश चन्दले एक एक विकेट लिए ।
समूह बी मा आर्मी आर्मी ३ खेलमा १ मा जित र २ खेलमा अंक बाँड्दै ४ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीले कर्णाली र गण्डकीसँग अंक बाँडेको थियो । आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]