2 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधि दावेदार मानिएको बागमती प्रदेश एक खेल नखेल्दै बाहिरिएको छ । वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि बागमती बाहिरिने पक्का बनेको हो ।
बागमती मात्र होईन उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब पनि एक खेल नखेली समूह चरणबाटै बाहिरिने सम्भावना उच्च छ । वर्षाको कारण निकै प्रभावित बनेको प्रतियोगिताको तालिका हेर्ने हो भने १९ खेल सकिएका छन् । तर १९ खेल मध्य चार खेल मात्र पूरै २०–२० ओभर भएका छन् । एक खेल ६ ओभरको भएको थियो । १४ खेल भने वर्षाको कारण रद्द हुन पुगे ।
टस पनि हुन नपाई सबै खेल रद्द भएपछि अंक बाँड्नु पर्यो । समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपिएफ क्लब छन् । हालसम्म मुलपानीमा हुने भनिएको सबै ९ खेल टस समेत नभई रद्द हुँदा अंक बाँडेर सक्नु पर्यो । यता टियुमा पाँच खेल वर्षाको कारण रद्द भएका थिए ।
सेमिफाइनलको दाबेदार मानिएको बागमती प्रदेशले समूह बी मा चार खेलमा एक खेल पनि नखेली समूह चरणबाटै बाहिरिनु पर्यो । बागमतीको पहिलो खेल भदौ २३ मा बागमती र प्रदेश १ बीच टियु मैदानमा थियो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल टसका लागि मैदान छिरेपनि वर्षाको कारण फर्कनु परेको थियो । दोस्रो खेलमा बागमती र सुदूरपश्चिमबीचको खेल टियु मैदानमा वर्षाको कारण हुन सकेन ।
आइतबार मुलपानीमा बागमतीले एनआरएनए नेपालसँग अंक बाँड्यो । अन्तिम खेलमा सोमबार बागमतीले एपिएफसँग पनि अंक बाँडेपछि बाहिरिनु परेको हो ।
समूह बी मा एक खेल मात्र हुन बाँकी छ । सुदूरपश्चिम र एपिएफबीच आज दिउँसो मुलपानी मैदानमा खेल तय छ । समूह बी मा एनआरएन नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा छ । समूह बी बाट एनआरएन नेपाल सेमिफाइनलमा पुग्ने पहिलो टोली हो । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदा अन्य सबै टोलीसँग अंक बाड्यो । दोस्रो खेलमा एनआरएनले एपिएफसँग १३.३ ओभरमा टियुमा २ विकेट गुमाउँदै १ सय २० रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो ।
बागमती ४ खेलमा अंक बाड्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । एपिएफ तीन खेलमा तीनमा नै अंक बाँडेर चौथो स्थानमा छ । एपिएफ र सुदूरपश्चिमबीचको नतिजाले सेमिफाइनल निर्धारण हुनेछ । सुदूरपश्चिम र एपिएफबीचको विजेताको ५ अंक हुनेछ । तर अंक बाँडेको खण्डमा सुदूरपश्चिम सेमिफाइनलमा पुग्नेछ । आज पनि खेल हुने सम्भावना कम रहेको बुझिएको छ ।
आजको खेलमा अंक बाँड्नु परेमा एपिएफ, बागमती र सुदूरपश्चिमको समान ४–४ अंक हुनेछ । एपिएफ र बागमती एक खेल पनि नखेलेको हुँदा नेटरनरेट भन्ने हुँदैन । नियम अनुसार सुदूरपश्चिमले एक खेल जितेको हुँदा सेमिफाइनल खेल्ने छ ।
‘सबैको अंक बराबर भएपछि सबैभन्दा पहिला जित संख्या हेरिन्छ । यदि खेल रद्द भएको खण्डमा सुदूरपश्चिम सेमिफाइनलमा जान्छ । बागमती आउट भइसक्यो’, म्याच रेफ्री सञ्जय गुरुङले हाम्रो खेलकुदसँग भने । प्रदेश एक ४ खेलमा १ मा हार र तीन खेलमा अंक बाँड्दै ३ अंक जोडेर पुछारमा रहँदै बाहिरिएको छ ।
समूह बी मा हालसम्म दुई खेल मात्र भएको छ । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई ६–६ ओभरको खेलमा १२ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई १३ रनले हराएको थियो । अन्य कुनैपनि खेल हुन सकेको छैन ।
यता समूह ए मा नेपाल पुलिस क्लब ३ खेलमा २ मा जित र १ अंक बाँड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले टियु मैदानमा कर्णालीलाई ९ विकेट र लुम्बिनी प्रदेशलाई ७६ रनले हराएको थियो । मुलपानीमा मधेश प्रदेशसँग अंक बाँडेको थियो । आर्मी ३ खेलमा १ मा जित र २ खेलमा अंक बाँड्दै ४ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीले कर्णाली र गण्डकीसँग अंक बाँडेको थियो । आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो ।
गण्डकी ३ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । गण्डकीले मधेश प्रदेश, आर्मी र लुम्बिनीसँग अंक बाँडेको थियो । मधेश प्रदेश ४ खेलमा १ मा हार तीन खेलमा अंक बाँड्दै ३ अंक जोडर चौथो स्थानमा छ । लुम्बिनी ४ खेलमा १ मा हार र तीनमा अंक बाँड्दै ३ अंक जोडेर पाँचौं स्थानमा छ । अन्तिम खेलमा आज आर्मीलाई हराउन सके सेमिफाइनलको सम्भावना देखिन्छ । कर्णाली ३ खेलमा १ मा हार र २ मा अंक बाँड्दै पुछारमा छ ।
समूह चरणको खेल अन्तर्गत टियु मैदानमा आज पहिलो खेलमा कर्णाली र मधेश प्रदेश तथा दोस्रो खेलमा आर्मी र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । उता मुलपानीमा गण्डकी र पुलिस तथा एपिएफ र सुदूरपश्चिमबीच हुनेछ । बुधबार टियु मैदानमा पहिलो खेलमा कर्णाली र गण्डकी तथा दोस्रो खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।
पो पनि : वर्षा बन्यो युवा खेलाडीलाई ज्ञानेन्द्रसँग सिक्ने अवसर
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]