2 years ago
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि २० लिग अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणबाट सहभागी ६ टोलीले कुल ३३ विदेशी खेलाडी छनोट गरेका छन् ।
ड्राफ्टमा सुचिकृत गरिएका २ सय भन्दा बढी खेलाडीबाट सहभागी टोलीले न्युनतम ५ र अधिकतम ६ खेलाडी छनोट गरेका छन् । तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी छनोट गरेका छन् । एक टोलीले ४ विदेशी खेलाडी प्लेइङ ११ मा खेलाउन पाउने प्रावधान छ ।
यसअघि शनिबार ड्राफ्टमा सबै टोलीले ए श्रेणीबाट मार्की खेलाडी छनोट गरेका थिए । आइतबार भएको पहिलो चरणको ड्राफ्टबाट कुल ६७ नेपाली खेलाडी ड्राफ्टमा छनोट भए । दोस्रो चरणबाट कार्लोस ब्रेथवेट, मोहमद हफिज, एन्जेलो म्याथ्युज, बेन कटीङ, लगायत टेस्ट राष्ट्रका नाम चलेका खेलाडी एनपीएलका लागि छनोट भएका हुन् ।
काठमाडौं गोर्खाज :
विदेशी खेलाडी : थिसारा परेर (ए), दर्शनप्रिया विराकोडी (बी), धनन्जय दे सिल्भा (बी), कामिन्डु मेन्डिस (सी), विरानदीप सिंह (बी)
ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)
पोखरा एभेन्जर्स :
विदेशी खेलाडी : मोहमद हफिज (ए), सेकुगे प्रसन्ना (बी), निरोशन डिकवेला (बी), सलमान इर्शाद (सी), शेहान मधुशंका (सी)
आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) ।
विराटनगर किंग्स :
विदेशी खेलाडी : एन्जेलो म्याथ्युज (ए), जोशुआ पर्सौद (बी), आन्द्रे मक्कार्थी (बी), गौरान्शु शार्मा (सी), मिनोद रानासिंघे (सी), किओन योसेफ (सी)
रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) ।
लुम्बिनी अल स्टार्स :
विदेशी खेलाडी : बेन कटीङ (ए), रह्किम कर्नवाल (बी), प्याट ब्राउन (बी), विपुल शर्मा (सी), लहिरु मिलान्था (सी), नुवान थुसारा (सी)
दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)
जनकपुर रोयल्स:
विदेशी खेलाडी : एडम लिथ (ए), ट्रेभन ग्रिफिथ (बी), इब्राहिम जद्रान (बी), राज नन्नान (सी), सुभासिंघे प्रियंजन (सी)
सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) ।
फार वेस्टर्न युनाइटेड :
विदेशी खेलाडी : कार्लोस ब्रेथवेट (ए), दुशान हेमान्था (सी), पुलिना थरंगा (सी), जेसन मोहमद (सी), अल्लाह घजन्फार (सी), जिया उल रहमान (सी)
करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी) ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]