2 years ago
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले नेपाली सबै खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली टोली अनुबन्ध गरेका छन् ।
ग्रेड ए र मार्की खेलाडीले जनही १५ लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीमा अनुबन्ध भएका खेलाडीले जनही १० लाख पाउनेछन् । ग्रेड सी अनुबन्ध भएका खेलाडीले जनही ५ लाख पाउनेछन् ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ ।
काठमाडौं गुर्खाज :
ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)
पोखरा एभेन्जर्स :
आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) ।
विराटनगर सुपर किंग्स :
रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) ।
लुम्बिनी अल स्टार्स :
दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)
जनकपुर रोयल्स:
सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) ।
फार वेस्टर्न युनाइटेड :
करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी) ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]