2 years ago
September 10, 2022
एजेन्सी – स्टुअर्ट बिन्नीको उत्कृष्ट ब्याटिङमा भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।
भारतीय स्टुअर्ट बिन्नीले ४२ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनको अविजित इनिङ खेलेका थिए । युसुफ पठान १५ बलमा १ चौका र ४ छक्कासहित ३५ रनको आक्रामक इनिङ खेले ।
पाँचौं विकेटका लागि पठान र बिन्नीले ८८ रनको अविजित साझेदारी गरे । ओपनर नमन ओझा १८ बलमा ४ चौकासहित २१ रनमा आउट भए । कप्तान सचिन तेन्दुलकर १५ बलमा २ चौकासहित १६ रनमा आउट भए ।
सुरेश रैनाले २२ बलमा ४ चौका र १ छक्कासहित ३३ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका जोहान भान डेर वाथ ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]