default_image

2 years ago

September 8, 2022

सिप्यान क्रिकेट अवार्ड शुक्रबार

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले शुक्रबार (भदौ २४) मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दैछ । अवार्ड शुक्रबार साँझ साढे पाँच बजेपछि धुम्बराहीमा रहेको अकामा सुरु हुनेछ ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडीको मनोनयमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण केसी, उपकप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेल छन् । लेगस्पिनर सन्दीप लामिछानेको नाम भने मनोनयनबाट हटाइएको आयोजकले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको नाम अवार्डको दुई विधाबाट हटाइएको हो ।

दीपेन्द्रले गत पपुवा न्युगिनी र मलेसियासँगको सिरिजमा सानदार प्रदर्शन गरेका थिए । दीपेन्द्रले पपुवा न्युगिनीविरूद्ध ओडिआई र मलेसियाविरुद्ध टि२० आईमा शतक हानेका थिए । करण केसीले पछिल्लो सयम लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

उपकप्तान रोहित पौडेलले पनि पछिल्लो एक वर्षमा सानदार प्रदर्शन गर्दै आएका छन् । पपुवा न्युगिनीविरुद्ध गत मार्चमा कीर्तिपुर मैदानमा रोहितले १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । यो कुनैपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा हानेको सर्वाधिक उच्च स्कोर हो ।

त्यस्तै कीर्तिमानी ओपनर कुशल भुर्तेल पनि मनोनयमा परेका छन् । भुर्तेलले गतवर्ष नेदरल्यान्ड्स र मलेसियाविरुद्ध टि२० आई सिरिजमा सानदार प्रदर्शन गरेका थिए । भुर्तेलले डेब्यूको सुरुवाती तीन टि२० आई खेलमा लगातार अर्धशतक हान्दै यस उपलब्धी हात पार्ने विश्वकै पहिलो खेलाडी बनेका थिए । टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध कुशलले शतक हानेका थिए ।

त्यस्तै महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी पनि सार्वजनिक भएको छ । वर्ष महिला उत्कृष्ट खेलाडीमा ज्योति पाण्डे, ईन्दु बर्मा, सिता रानामगर, कविता कुँवर र रुविना क्षेत्री छन् ।

सीता नेपाली महिला अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले गतवर्ष नोभेम्बरमा कतारविरुद्ध दोस्रो टि२० आई खेलमा ८२ रनको कीर्तिमानी इनिङ खेलेकी थिइन् । त्यस्तै नोभेम्बरमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।

इन्दुले कतारसँगको पहिलो टि२० आई खेलमा ५५ रन बनाएकी थिइन् । उनी नेपाली महिला टोलीबाट टि२० आईमा अर्धशतक हान्ने पहिलो खेलाडी हुन् । कतिवा कुँवरले घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएकी छिन् ।

ज्योति पाण्डेले घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । रुविनाले दुई वर्षअघि एपिएफलाई हराउँदै प्रदेश १ लाई पहिलो पटक प्रधानमन्त्री कपको उपाधि दिलाएकी थिइन् । घरेलु क्रिकेटमा रुविनाले राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

महिला र पुरुष वर्ष उत्कृष्ट खेलाडीको विजेता खेलाडीले पुरस्कार राशी १ लाख ३२ हजार पाउने छन् । त्यस्तै वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट क्षण २०२२ पनि मनोनयन सार्वजनिक गरेको छ । उदीमायन खेलाडीको मनोनयमा देव खनाल, लोकेश बम, हिरान्मई राय, स्पिनर सागर ढकाल र आदिल अन्सारी छन् ।

वर्षको उत्कृष्ट क्षण पनि मनोनयन पनि सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट क्षणमा आइसिसी विश्वकप लिग २ मा स्कटल्यान्डलाई उसकै घरेलु मैदानमा नेपालले आफ्नो इतिहासमै पहिलो पटक हराएको थियो । दीपेन्द्रसिंह ऐरीको पपुवा न्युगिनीविरुद्ध ओडिआईमा १ सय ५ र मलेसियाविरुद्ध टि२० आईमा १ सय १० रन रहेको छ । टि२० आईमा १ सय १० रन एक खेलमा ब्यक्तिगत उच्च योगफल हो ।

त्यस्तै अस्मिना कर्माचार्यले टि२० एसिया कप छनोटको सेमिफाइनलमा युएईविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिएकी थिइन् । तर वर्षाको कारण नेपाल एसिया कप खेल्नबाट बाहिरिएको थियो । त्यस्तै कुशल भुर्तेल डेब्यू गर्दै लगातार तीन खेलमा क्रमश : ६२, ६१ र ६२ रनमा आउट भएका थिए । यस विधाबाट पनि सन्दीप लामिछानेको नाम हटाइएको छ ।

दुवै अवार्डको पुरस्कार राशी समान ६६ हजार कर सहित हुनेछ । विशेष अवार्ड २०२२ प्रदान गर्नेछ । विशेष अवार्डको विजेताले १ लाख ३२ हजार कर सहित प्राप्त गर्नेछन् । विशेष अवार्ड नेपाली क्रिकेटमा विशेष योगदान पुर्याउने एक खेलाडीलाई प्रदान गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा शिक्षा क्षेत्रमा समर्पित संस्था एनसिसिएस रहनेछ । एनसिसीएस सिप्यान क्रिकेट अवार्डमा पछिल्लो दुई वर्षको खेलाडीको प्रदर्शन, गतिविधी, विशेष क्षणलाई हेरेर मनोनय सार्वजनिक गरेको हो ।

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

Success

Thank you for your time.