2 years ago
September 8, 2022
एजेन्सी – न्युजिल्यान्ड दोस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियासँग मात्र ८२ रनमा अल आउट भएको छ । दोस्रो ओडिआई खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुँदै तीन खेलको सिरिज एक खेल अगावै गुमाएको छ ।
जितको लागि १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३३ ओभरमा ८२ रनमा अल आउट भयो । न्युजिल्यान्डका ७ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान केन विलियम्सनले ५८ बलमा १ चौकासहित सर्वाधिक १७ रनमा आउट भए ।
ओपनर मार्टिन गुप्टिल २, डेभन कन्वे ५, टम लाथम शून्य, ड्र्याल मिचेल १०, माइकल ब्रेसवेल १२, जेम्श निसम २, मिचेल सान्टनार १६ र टिम साउथी २ रनमा आउट भए ।
अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ९ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर शेन एबोटले ५ ओभरमा ४ मेडनसहित एक रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ७ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि काजाली स्टेडियम केन्र्समा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ९४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनमा आउट भए ।
मिचेल स्टार्क ४५ बलमा २ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे ।
जोश हेजलवुड १६ बलमा १ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । अन्तिम विकेटका लागि स्टार्क र हेजलवुडले ४८ रनको साझेदारी गरेका थिए । ओपनर डेविड वार्नर ५, आरोन फिन्ड डक, मार्नस लाबुसेन ५, मार्कस स्टोइनिस शून्य, एलेक्स केरी १२ र ग्लेन म्याक्सवेलले २५ रन बनाए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया दुई विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्सविरूद्ध खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने उपाधी सम्भावना कायमै राख्न […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]