2 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता सुरु भयो । तर वर्षाको कारण पहिलो दिन भने क्रिकेट प्रतियोगिता वर्षाले प्रभावित बन्यो । चार मध्य तीन खेल हुन सकेनन् ।
टियु क्रिकेट मैदानमा एक मात्र सम्भव खेलमा एनआरएनए नेपालले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै विजयी सुरुवात गर्यो । उक्त खेल ६–६ ओभर मात्र भएको थियो । त्यसपछि वर्षा हुँदा खेल भएन । तीन खेल हुन नसकेपछि सबै टोलीले अंक बाँडेका थिए ।
टियु मैदानमा दोस्रो खेलमा आज बागमती प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुने तालिका थियो । टस हुने समयमै वर्षा भएपछि खेल हुन सकेन । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल टसको लागि मैदान छिरेपनि लगत्तै वर्षा हुँदा फर्किएका थिए ।
मैदानमा खेल हुन नसके पनि ड्रेसिङ रुममा भने युवा खेलाडीले नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग सिक्ने अवसर पाए । अम्पाएरले वर्षाका कारण खेल नहुने जानकारी दिएपछि खेलाडीहरु ड्रेसिङ रुमबाट सामान प्याक गरेर निस्कन थाले । प्रदेश १ का समिर कार्कीले ज्ञानेन्द्र ड्रेसिङ रुमतर्फ जाँदै गर्दा ब्याटिङबारे सुझाव दिन आग्रह गरे । उनले बायाँ हाते स्पिनर कसरी खेल्ने भनेर सोधेका थिए ।
स्कोररले दिएको कागजमा हस्ताक्षर गरेपछि बागमती प्रदेशका अफिसियलले ज्ञानेन्द्रलाई घर फर्कनेबारे सोधेका थिए । ज्ञानेन्द्रले उनलाई जान भन्दै आफू प्रदेश १ को ड्रेसिङ रुमतर्फ लागे । उनले समिरलाई सिक्न चाहेका अन्य खेलाडीलाई पनि बोलाउन भने । त्यसपछि प्रदेश १ का खेलाडीहरुका जिज्ञासा र प्रश्न सुन्दै आफ्नो अनुभव साट्न थाले ।
‘दाईलाई स्पिन खेल्ने टेक्निकहरु सोधेको थिए । नेपालमा बायाँ हाते स्पिनरहरु धेरै छन् । यहि प्रतियोगितामा साहब आलम लगायत धेरै खेलाडी छन् । त्यहिँ सोचेर बायाँ हाते स्पिनर कसरी रिड गर्ने भनेर सोधेको हुँ’, समिरले हाम्रो खेलकुदसँग भने ।
‘ज्ञानेन्द्र दाइले स्पिनरलाई लेन्थ हेर्नु । तीव्र गतिका बलरलाई लाइन रिड गरेर खेल्नु भयो । बायाँ हातेलाई सकभर प्याड भन्दा अगाडि लिएर टाउको घुँडा भन्दा अघि लगेर खेल्नु भनेर सिकाउनु भयो । हातको रिलज प्वाइन्ट देखिनै हेर्न सुझाव दिनु भयो’, उनले ज्ञानेन्द्रको प्रतिक्रिया सुनाए ।
‘यो एकै पटक लागु गर्न सकिँदैन । हाम्रो टोली दीपेश कंडेल लगायतका राम्रो स्पिनर छन् । हामी ज्ञानेन्द्र दाइले सिकाउने बेला आधा भन्दा धेरै खेलाडी थियौं । केहि खेलाडी इन्डोर सेसनका लागि गएका थिए । दाई नेपालको लागि त्यति धेरै खेलेको, नेपालको राम्रो खेलाडी हुनुन्छ’, उनले भने ।
उनले ज्ञानेन्द्रको स्पिन खेल्ने शैली भिडियो फुटेज पनि हेर्ने गरेको बताए । ‘दाईहरुको स्पिन खेल्ने भिडियो पनि हेर्ने गर्दछु । नेट्समा पनि खेलेको हेर्थें’, समिरले भने । झापाबाट घरेलु क्रिकेट खेल्ने समिर मध्यक्रमका ब्याटर हुन् ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]