2 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीबार एक पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो ।
यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि२० लिग खेल्ने ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ ।
पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् । यता फार वेस्टन युनाइटेडको भने इंग्ल्यान्डकाको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, च्याटर एकाउन्टेड रुपिन्दर बग्गा रहेकी छिन् ।
पोखरा एभेन्चर्सका अध्यक्ष पोष्टराजले क्यान र थ्रि सेभेन स्पोर्ट्सलाई धन्यावाद दिए । आफूहरुले पनि खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए । निर्देशक सुबोधले यसले पर्यटनमा पनि फाइदा पुग्ने बताए ।
‘पोखरा भनेपछि पर्यटको शहर भनेर चिन्छन् । त्यो पोखराको शहर भएर प्रतिनिधित्व गर्न पाउँदा खुसी छौं । यसले ग्लोबल चिनाउन सकिन्छ । पोखरामा नयाँ एर्पोट पनि बनेको छ । हाम्रो चाहना भनेको नेपाली खेलाडीलाई अनुभव दिनु हो । अन्तर्राष्ट्रिय त्यहिँ स्तरकोमा ध्यान केन्द्रित गरेका छौं । नेपाली खेलाडीमा अनुभवको कमी हो । त्यो खाडललाई यसले रोक्न सक्छ । हामी विश्व स्तरिय अन्तर्राष्ट्रिय मेन्टर घोषणा गर्दै छौं’, निर्देशक त्रिपाठीले भने ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । खेल दिउँसो हुनेछ ।
प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् । डाफ्ट शनिबार गर्ने तयारी गरिएको छ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]