2 years ago
September 7, 2022
काठमाडौं – पूर्व कप्तान ज्ञानेन्द्र मल्लले युवा ब्याटर रोहित पौडेले जहिले पनि टोलीको लागि सोच्ने खेलाडी भएको बताएका छन् । केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेलेर फर्केपछि ज्ञानेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘यो मेरो भूमिका हो । आफ्नो प्रदर्शन भन्दा पनि देशको लागि खेल्ने हो । जितको लागि खेल्ने हो । यसमा योगदान दिन पाउँदा खुसीनै लाग्छ’, ज्ञानेन्द्रले नेपाल फर्केपछि भने । ज्ञानेन्द्र तीन एकदिवसिय खेलमा ३३, २५ र २३ रनमा आउट भएका थिए । पाँच टि२० आई खेलको सिरिजमा ५९, ६, ४६, १ र २३ रनमा आउट भएका थिए ।
नेपालले पाँच टि२० आई सिरिज ३–२ ले जितेको थियो । तीन एकदिवसिय अभ्यास खेलमा क्लिनस्विप गरेको थियो । ज्ञानेन्द्र पाँच महिनापछि टोलीमा फर्किएका थिए । नेपालले भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरको मुख्य प्रशिक्षकमा केन्या भ्रमणमा पहिलो पटक खेलेको थियो । ज्ञानेन्द्र प्रभाकरले न्यूनतम कूरामा ध्यान दिने बताउँछन् । ‘ब्यसिक (न्यूनतम) मा अलि धेरै केन्द्रित हुनुहुन्छ । वहाँले ब्यक्तिगत भूमिका दिनु भएको छ । त्यो भूमिकालाई धेरै थप्नुहुन्छ’, ज्ञानेन्द्रले भने ।
‘पहिला देखिनै सबै खेलाडी नजिक छन् । सबै जनाले सहज वातावरण पनि बनाइदियो । प्रदर्शनको कुरामा एकदिवसिय खेलमा अझ राम्रो गर्न सकिन्थ्यो होला । तर पनि ठिकै छ । टिम जितेको छ । टिम पनि मिलेको छ’, पूनरागमन बारे भने । विकेटकिपर अर्जुन साउदले केन्या भ्रमणमा राम्रो डेब्यू गरे । तीन मध्य दुई एकदिवसिय अभ्यास खेलमा अर्जुनले अर्धशतक प्रहार गरे । ज्ञानेन्द्र राम्रो प्रतिभा भएको बताउँछन् ।
‘पहिला देखिनै भन्दै आएको हो । अर्जुन राम्रो प्रतिभा हुन् । उनीसँग मुम्बईमा खेलेको अनुभव पनि छ । सानो उमेरमै टिमलाई लगेर जानु भनेको राम्रो संकेत हो’, ज्ञानेन्द्रले भने ।
नेपालले रोहितको कप्तानीमा तीन एकदिवसिय अभ्यास खेल क्लिनस्विप गर्न सफल भयो । ज्ञानेन्द्र टिमको लागि सोच्ने खेलाडी भएको बताउँछन् । ‘
रोहित टिममा भएको पनि खास गरेर धेरै भई सक्यो । पहिला देखिनै एउटा गम्भीर स्वभावको केटा हो । टिमको लागि जहिले पनि सोच्ने खालको केटा हो । यहिँ अनुभवहरु पाएको छ । त्यसलाई नै निरन्तरता दिने हो भने राम्रो सम्भावना हो,’ ज्ञानेन्द्रले रोहितको कप्तानी बारे भने ।
‘अझै पनि हामीले सुधार गर्नुपर्ने दुई तीनवटा पक्षहरु छन् । खासगरि ब्याटिङलाई नै कसरी निरन्तरता दिने भन्ने कुरा हो’, मल्लले सुधार गर्नुपर्ने पक्ष बारे भने । पछिल्लो समय टि२० क्रिकेटमा दुई सय रन पनि सुरक्षित मानिदैन । तर नेपालले भने चौथो टि२० आई खेलमा १ सय दुई रन पनि पूरा गर्न सकेन ।
नेपालले आधुनिक क्रिकेट चाहिँ कहिले खेल्ने भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘सधैं एउटै हुँदैन । कहिले काहिँ पिचको प्रभाव पनि हेर्दैनौं । पिचको कारण सुरक्षित जान खोज्दा त्यस्तो हुन सक्छ । सबै कुराले असर पार्छ’, उनले भने ।
पछिल्लो समय खेलाडीमा गैर जिम्मेवार समस्या ठूलो कमजोरी बन्दै आएको छ । तर ज्ञानेन्द्र कोहीपनि गैर जिम्मेवार नहुने बताउँछन् । ‘कोहीपनि गैर जिम्मेवार हुन्छ जस्तो लाग्दैन । अव सट नखेले रन बन्दैन । सट खेलेर आउट भयो भने सबै जनाले प्रश्न गर्छन् । मलाई लाग्छ त्यो चाहिँ हुनु हुँदैन । किनभने सट खेल्यो भने नै रन बन्नी हो । कसैको स्वभाव नै त्यस्तो हुनुपर्छ । त्यसको लागि समय दिनुपर्छ जस्तो लाग्छ’, मल्लले टुङ्गाए ।
पूरा भिडियो हेर्नुहोस् :
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण उपाधिका लागि शनिवार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो । लिग र पहिलो क्वालिफायर दुवैमा जनकपुरमाथि […]