default_image

2 years ago

September 7, 2022

अर्जुन र सोनुले आर्मीबाट खेल्ने

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर अर्जुन साउदले बिहीबारदेखि काठमाडौंमा सुरुहुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् ।


आर्मीले विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गर्दा सुदूरपश्चिमका अर्जुन साउदलाई टोलीमा राखेको छ । अर्जुनले दुई साता अघि मात्र नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका थिए । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै यू१९ हुँदै नेपाली क्रिकेट टोलीमा परेका थिए ।

अर्जुनले केन्यासँग टि२० आईमा डेब्यू गर्दै ३५ रन बनाएका थिए । त्यसपछि ६ र २९ रनमा आउट भए । केन्यासँग तीन एकदिवसिय अभ्यास खेलमा नेपाललाई क्लिनस्विपको जित दिलाउन अर्जुनले ६१, ५ र ५८ रनको इनिङ खेलेका थिए ।
त्यस्तै बागमती प्रदेशका आक्रामक ब्याटर सोनु तामाङले पनि आर्मीबाट खेल्ने भएका छन् ।

सोनु गतवर्ष आर्मीमा भएपनि बागमती प्रदेशले उनलाई अनुमती पत्र नपाएपछि खेल्न पाएका थिएनन् । त्यसैले आर्मीले पहिलो खेलमा १० खेलाडीमा सिमित हुनु परेको थियो । आर्मीमा विनोदसँगै कुशल मल्ल, रोहित पौडेल, सोमपाल कामी, अर्जुन साउद लगायतका खेलाडी छन् ।


यसअघि आर्मीले सोमपाल कामीलाई ओपनरको रुपमा खेलाएको थियो । यस पटक अर्जुनलाई ओपनर खेलाउनेछ । प्रतियोगिता भदौ २३ देखि ३१ सम्म हुनेछ । आर्मी समूह ए मा छ । समूह ए मा आर्मी, मधेश प्रदेश, लुम्बिनी, कर्णाली, गण्डकी र नेपाल पुलिस क्लब छन् ।

समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र नेपाल एपिएफ क्लब छन् । आर्मीले पहिलो खेल शुक्रबार मुलपानी मैदानमा कर्णालीसँग खेल्दै सुरुवात गर्नेछ ।

आर्मीको टोली :

विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), रोहित पौडेल, भीम सार्की, राजेश पुलामी मगर, हरि चौहान, कुशल मल्ल, अर्जुन साउद, सोनु तामाङ, सोमपाल कामी, सुशान भारी, साहब आलम, जितेन्द्र मुखिया, रमेश भट्ट र आकाश चन्द ।

प्रशिक्षक : चन्द्र साउद

व्यवस्थापक : इन्द्र कमल मानन्दर ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.