default_image

2 years ago

September 6, 2022

रोहितको अर्धशतकमा श्रीलंकालाई प्रतिस्पर्धात्मक लक्ष्य

99 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकमा भारतले टि२० एसिया कप २०२२ सुपर फोरमा श्रीलंकालाई १ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादव २९ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तेस्रो विकेटका लागि सूर्य र रोहितले ५८ बलमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर महेश थिक्सनाले लोकेश राहुललाई ६ रनमा एलबीडब्लू आउट गरेका थिए ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले तेस्रो ओभरको चौथो बलमा कोहलीलाई बोल्ड आउट गरे । कोहलीले यसअघि हङकङ र पाकिस्तानविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए । कोहली चार बल खेलेपनि खाता खोल्न सकेनन् ।

रोहित चामिका करुणारत्नेको १३ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डिप प्वाइन्टमा पाथुम निसंकाबाट क्याच भएका थिए । दाशुन शनकाको बलमा सूर्य थिक्सनाबाट क्याच भएका थिए । त्यसपछि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हार्दिक पान्ड्या १३ बलमा १ छक्कासहित १७ रनमा आउट भए । ऋषभ पन्त १३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । रविचन्द्रन आश्विन ७ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

तीव्र गतिका बलर दिलशान मदुशनकाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सनाले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । दासुन शनकाले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतलाई शीर्ष दुईमा रहँदै फाइनल खेल्न यो खेल जित्नै पर्ने हुन्छ । श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

Success

Thank you for your time.