default_image

2 years ago

September 6, 2022

टि२० विश्वकप खेल्ने दक्षिण अफ्रिकाको टोली घोषणा

142 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । टेम्बा बभुमाको कप्तानीमा दक्षिण अफ्रिकाले विश्वकप खेल्ने टोली घोषणा गरेको हो ।

दक्षिण अफ्रिका प्रमुख ब्याटर रास्सी भान डर डुसेन भने टि२० विश्वकप टोलीमा छैनन् । क्रिकेट दक्षिण अफ्रिकाले डुसेन चोटका कारण बाहिरिएको जनाएको छ । दक्षिण अफ्रिकाले २२ वर्षीय युवा विकेटकिपर ट्रिस्टन स्टब्सलाई पनि विश्वकप टोलीमा राखेको छ । स्टब्सले दक्षिण अफ्रिकाबाट ६ टि२० आई खेलमा १ सय १९ रन बनाएको छ । उनी विष्फोटक ब्याटिङको क्षमता राख्ने गर्दछन् ।

क्विन्टन डि कक, डेविड मिलर, एडेन माक्ररम र रिजा हेन्ड्रिक्स जस्ता ब्याटर छन् । दक्षिण अफ्रिकाको तीव्र गतिका बलरमा कागिसो रबाडा, लुन्गी एनगिडी, एनरिच नोर्किया, ड्वेन प्रिटोरियस र वेन पार्नेललाई समेटेको छ । दक्षिण अफ्रिका विश्वकपको सुपर १२ को ग्रुप २ मा छ । समूह २ मा बंगलादेश, भारत, पाकिस्तानदक्षिण अफ्रिका र पहिलो चरणबाट, आउने दुई टोली हुनेछन् ।

दक्षिण अफ्रिकाले २४ अक्टोबरमा पहिलो चरणबाट आउने टोलीसँग पहिलो खेल खेल्नेछ । ३० अक्टोबरमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर ३ मा दक्षिण अफ्रिकाले पाकिस्तानसँग खेल्नेछ । ६ नोभेम्बरमा पहिलो चरणबाट आउने टोलीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । सेमिफाइनलमा ९ र १० नोभेम्बरमा हुनेछ । फाइनल नोभेम्बरमा १३ मा हुनेछ ।

दक्षिण अफ्रिकाको टोली :

टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, हेनरिक क्लासेन, रिजा हेन्ड्रिक्स, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, लुन्गी एनगिडी, एनरिच नोर्किया, वेन पार्नेल, ड्वेन प्रिटोरियास, कागिसो रबाडा, राइलो रोसोउ, तबरेज शाम्सी र ट्रिस्टन स्टब्स ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.