default_image

2 years ago

September 5, 2022

आसिफ सर्वोत्कृष्ट खेलाडी

251 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेख केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

केन्यालाई सिरिजमा क्लिनस्विपले हराउन आसिफले सानदार प्रदर्शन गरेका थिए । पहिलो खेलमा नेपाललाई ७ विकेटको जित दिलाउन आसिफले १ सय २० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
आसिफको शतकमा नेपालले २ सय १९ रनको लक्ष्य ४७.२ ओभरमा पूरा गरेको थियो । यस सिरिजमा शतक हान्ने आसिफ एक्लो खेलाडी हुन् ।

नेपालले दोस्रो खेलमा भने आसिफ शेखलाई विश्राम दिँदै देव खनाललाई मौका दिएको थियो । आसिफले तेस्रो खेलमा ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्जुन साउदले ५८, ज्ञानेन्द्र मल्ल ३३, रोहित पौडेल ४६ र बसिर अहमदले ५२ रन बनाएपछि नेपालले अन्तिम खेलमा ६ विकेटको सानदार जित हात पारेको थियो । नेपालले २ सय ५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालले पाँच टि२० आई खेलको सिरिज भने ३–२ ले जितेको थियो । टि२० आईमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द सिरिज चुनिएका थिए । सन्दीप एकदिवसिय अभ्यास खेलमा भने उपलब्ध थिएनन् । सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि रोहित पौडेलले कप्तानी गरेका थिए ।

आसिफलाई नेपालले टि२० आई सिरिजमा भने सुरुवाती दुई खेलपछि मौका दिएको थिएन । उता खराव लयमा रहेका पवन सरार्फलाई भने लगातार मौका दिँदा टिम व्यवस्थापनको चर्को आलोचना भएको थियो । नेपाली खेलाडीले अव बिहीबार देखि काठमाडौंमा सुरु हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्नेछन् । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली र एनरआनए रहनेछन् ।

यो पनि: नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.